मुख्य समाचार
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु

: हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ। स्थानीय मिडिया रिपोर्टका अनुसार मृत्यु हुने दुईजना ग्राउन्ड स्टाफ हुन्। विमान उनीहरूको गाडीसँग ठोक्किएपछि समुद्रमा खसेको हो।

विमानमा रहेका चारजना चालक दलका सदस्यहरू भने बाँच्न सफल भएका छन् । उनीहरूलाई अस्पताल लगियो छ। सोमबार बिहान स्थानीय समय अनुसार ३:४० बजे दुर्घटना भएको थियो। एमिरेट्सको उडान EK9788 दुबईबाट हङकङ गएको थियो।

उक्त विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीटीद्वारा सञ्चालित बोइङ ७४७-४८१ विमान थियो। विमानस्थल प्राधिकरणले दुर्घटना बारेमा पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ। एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्। उजुरीसँग निजी म्यासेज ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् । ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए। ‘यदि कुनै आक्रमण हुन्थ्यो भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ...
: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो ...