मुख्य समाचार
हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण
हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण

। हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात् पहेंलो रेखा पारि इजरायली सेनामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।


प्रवक्ताका अनुसार उक्त क्षेत्रबाट हालै इजरायली सेना पछि हटेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना प्रस्ताव अनुसार इजरायली सेना पछि हटेको एल्लो लाइन क्षेत्रमा हमासले आक्रमण गरेको प्रवक्ताले भनेका छन् ।

इजरायली सेना (आईडीएफ) ले आइतबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘आज बिहान आतंकवादीहरूले दक्षिणी गाजाको राफाह क्षेत्रमा तैनाथ इजरायली सैनिकहरूमाथि एन्टी ट्यांक मिसाइल प्रहार गरेर गोलीबारी गरे ।’




जवाफमा आईडीएफले आतंकवादी गतिविधिका लागि प्रयोग हुने सुरुङ र अन्य सैन्य ढाँचालाई ध्वस्त पार्न त्यस क्षेत्रमा आक्रमण थालिएको बताएको छ ।

‘यो आतंकवादी गतिविधिहरू युद्धविराम सम्झौताको घोर उल्लघंन हो र आईडीएफले यसको जवाफ दिन्छ,’ इजरायली सेनाले भनेको छ ।

तर, हमासले भने युद्धविरामका लागि प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ । हमासले पनि इजरायलतर्फबाट युद्धविराम सम्झौता उल्लघंन हुँदै आएको आरोप लगाएको छ ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुसार गत १० अक्टोबरमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता लागू भएको थियो ।

जसअनुसार हमासले नियन्त्रणमा लिएका जीवित बन्धकलाई रिहा गरेको छ । साथै इजरायलले पनि प्यालेस्टिनी बन्धकलाई रिहा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ। एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्। उजुरीसँग निजी म्यासेज ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् । ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए। ‘यदि कुनै आक्रमण हुन्थ्यो भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ...
: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो ...