मुख्य समाचार
वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना युवकलाई पक्राउ
वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना युवकलाई पक्राउ

: वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाँउपालिका-५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारतको बिहार राज्यको रक्सौलका १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्।



आइतबार राति वीरगन्जबाट काठमाडौं जाँदै गरेको सार्वजनिक रात्रिबसलाई प्रहरीले वीरगन्ज-१४ गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उक्त बसमा सवार पाण्डे र सिंहको साथमा रहेको कालो रंगको ब्यागबाट लागूऔषध ट्रामाडोल क्याप्सुल २३ हजार ८८० पिस बरामद भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।


लागूऔषधसहित पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् । अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ । ‘केही दलहरूलाई निम्तो पठाइसकिएको छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ...
: झोलुङ्गे पुलबाट त्रिशूलीमा हाम्फालेर गोरखाका एक पुरुष बेपत्त भएका छन् । गण्डकी गाउँपालिका १ मकैसिङका ४३ वर्षीय दिने अधिकारी सोमबार १० बजेतिर शहिदलखन गाउँपालिका ४ राईनास र चितवनको ईच्छाकामना गा.पा. ३ कुरिनघाट जोड्ने झोलुङगे पुलबाट हाम्फालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । स्थानीयबाट सूचना पाउने बित्तिकै प्रहरी चौकी कुरिनटर र विपद व्यवस्थापन तालिम ...
। ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-१ रातामकै चोकमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३ घर भएका जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टमा जुवातास खेलिरहेका थापासहित १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ ...
: सार्वजनिक भवनहरु जोगाउन नसकेको भन्दै सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो। तर उनले पूर्व विवरण बताउन भने इन्कार गरे। बस्नेतले उनीहरुमाथि थप अनुसन्धान बाँकी रहेकाले हाललाई जानकारी दिन नमिल्ने बताए। उनले अन्नपूर्णसँग भने, ...
। शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्वीर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् । तर उनले उक्त घडी आफैंले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा उपहारस्वरुप दिएको बताएका ...