मुख्य समाचार
हिल्सा नाका हुँदै ७ हजार बढी तीर्थयात्री गए मानसरोवर दर्शनमा
हिल्सा नाका हुँदै ७ हजार बढी तीर्थयात्री गए मानसरोवर दर्शनमा

। सिमकोट विमानस्थल भएर हुम्लाको हिल्सा नाका हुँदै चीन प्रशासित तिब्बतमा पर्ने मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या ७ हजार ८८ पुगेको छ ।

कोरोना महामारी यता मानसरोवर कैलाश दर्शन गर्न तीर्थयात्रीको संख्या बढेको हो । यस वर्ष गत चैत महिनाको ०४ गतेदेखि मानसरोवर कैलाश दर्शन गर्ने क्रम सुरु भएको थियो ।


नेपालगञ्ज विमानस्थल हुँदै सिमकोट विमानस्थल ओर्लिए हिल्सा नाकाबाट ३ हजार १९७ महिला र ३ हजार ४९१ पुरूष भारतीय तीर्थयात्री र अन्य मुलुकबाट १८५ महिला २१५ पुरुष गरी ७ हजार ७७ जनाले मानसरोवर कैलाश दर्शन गरेको तथ्यांक सिमकोट विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीको तथ्यांक छ ।

चिसो बढेसँगै मानसरोवर कैलाश दर्शन यात्रा यस वर्षका लागि सकिएको छ ।


विमानस्थल सुरक्षा गार्ड प्रहरीको तथ्यांक ७ हजार ८८ छ भने सिमकोट गाउँपालिकाले दुई जना कर्मचारी खटाएर राखेको तथ्यांक ६ हजार ४७९ मात्रै राखेको छ ।

यता अध्ययागमन कार्यालय हिल्साको तथ्यांकअनुसार दशैं अगाडि ६ हजार ९२१ भारतीय तीर्थयात्री, १५७ नेपाली ७ जना ७ जना रसियनहरुले मानसरोवर कैलाश दर्शन गरेको जनाएको छ ।

पर्यटकबाट उठाउने सरसफाइ शुल्क उधारो

सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले भारतीय तीर्थयात्री अन्य मुलुकबाट उठाउने पर्यटक सरसफाइ शुल्क उधारो राखेको छ ।

७ हजार ८८ जना पर्यटकहरु सिमकोट विमानस्थलबाट हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गरेपनि शुल्क उधारो गरेपछि गाउँपालिकाको आलोचना बढेको छ ।

प्रतिव्यक्ति १ हजार दरले पर्यटकहरूबाट सरसफाइ शुल्क असुल गर्नुपर्ने भएपनि हालसम्म उधारै रहेपछि गाउँपालिकाको आलोचना भएको हो ।

सरसफाइ शीर्षकमा उठाउनु पर्ने ७० लाख ८८ हजार पर्यटकहरूबाट शुल्क पालिकाले प्राप्त गरेको छैन । सिमकोट गाउँपालिकाबाट २ जना र नाम्खा गाउँपालिकाबाट १ जना गरी ३ कर्मचारी पर्यटक सरसफाइ शुल्क असुल गर्न खटिएका थिए ।

दुई पटक पत्राचार अझै दिएन एजेन्सीले शुल्क

सिमकोट गाउँपालिकाको अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा र नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा र ट्राभल एजेन्सीबीच गत असोज ६ गते बैठक बसेर एकसाताभित्रै पर्यटक सरसफाइ शुल्क असुल गर्न भनिएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले जानकारी दिइन् ।

‘दुईपटक गाउँपालिकाबाट पत्राचार गरिसकेका छौं, तर अहिलेसम्म शुल्क ट्राभल एजेन्सीले दिएका छैन,’ उनले अनलाइनखबरसँँग भनिन् ।

पर्यटक सरसफाइ शुल्क दुई पालिकाले असुल गरेका छौ सिमकोटले ६० प्रतिशत र नाम्खा गाउँपालिकाले ४० प्रतिशतका दरले बाँडफाँट हुने गरेको बताइन् । २० भन्दाबढी ट्राभल एजेन्सी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् । अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ । ‘केही दलहरूलाई निम्तो पठाइसकिएको छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ...
: झोलुङ्गे पुलबाट त्रिशूलीमा हाम्फालेर गोरखाका एक पुरुष बेपत्त भएका छन् । गण्डकी गाउँपालिका १ मकैसिङका ४३ वर्षीय दिने अधिकारी सोमबार १० बजेतिर शहिदलखन गाउँपालिका ४ राईनास र चितवनको ईच्छाकामना गा.पा. ३ कुरिनघाट जोड्ने झोलुङगे पुलबाट हाम्फालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । स्थानीयबाट सूचना पाउने बित्तिकै प्रहरी चौकी कुरिनटर र विपद व्यवस्थापन तालिम ...
। ललितपुरबाट प्रहरीले जुवातास खेलिरहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-१ रातामकै चोकमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३ घर भएका जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टमा जुवातास खेलिरहेका थापासहित १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट ८ लाख ७५ हजार १८५ रुपैयाँ ...
: सार्वजनिक भवनहरु जोगाउन नसकेको भन्दै सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो। तर उनले पूर्व विवरण बताउन भने इन्कार गरे। बस्नेतले उनीहरुमाथि थप अनुसन्धान बाँकी रहेकाले हाललाई जानकारी दिन नमिल्ने बताए। उनले अन्नपूर्णसँग भने, ...
। शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्वीर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् । तर उनले उक्त घडी आफैंले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा उपहारस्वरुप दिएको बताएका ...