मुख्य समाचार
ट्रम्पले यदि भारतले रुसबाट तेल किन्न जारी राखेमा भारी करको सामना गर्नुपर्ने बताएका छन्
ट्रम्पले यदि भारतले रुसबाट तेल किन्न जारी राखेमा भारी करको सामना गर्नुपर्ने बताएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि भारतले रुसबाट तेल किन्न जारी राखेमा भारी करको सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पले भारतले रुसबाट तेल किन्न जारी राखेमा भारतले धेरै कर तिर्नुपर्ने बताएका हुन्।

उनले भने,ʻमैले भारतका प्रधानमन्त्रीसँग कुरा गरेको छु। उनले रुसबाट तेल नकिन्ने बताएका छन्।ʼ

ट्रम्पले भने,ʻमलाई थाहा छैन। तर यदि उनले यसो गर्न चाहन्छन् भने भविष्यमा पनि भारी शुल्क तिर्नुपर्नेछ।ʼ


डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेको र उनले रुसबाट तेल किन्न बन्द गर्न सहमत भएको बताएका थिए।

ट्रम्पको दाबीमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, ʻवर्तमान अमेरिकी प्रशासनले भारतसँग ऊर्जा सहयोग बढाउन चासो देखाएको छ र यसबारे वार्ता जारी छ।ʼ

जयसवालले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुनै कुराकानी नभएको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ। एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्। उजुरीसँग निजी म्यासेज ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् । ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए। ‘यदि कुनै आक्रमण हुन्थ्यो भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ...
: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो ...