। नेपाल विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै चार कम्पनीको बिजुलीको लाइन काटेको छ ।
प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटेको हो ।
यी कम्पनीहरुमा आज बिहान ६:२० बजेदेखि ७ बजेको बीचमा लाइन काटिएको हो । बिजुलीको बक्यौतावाफतको रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ ।
डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला नेपाल विद्युत प्राधिकरणले त्यसबाफको बक्यौता भुक्तानी गर्न अन्तिमपटकका लागि भन्दै २१ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएसँगै प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेको हो ।