मुख्य समाचार
वायु प्रदूषणले वर्षामा असर : जमिनमा घट्यो, समुद्रमा बढ्यो
वायु प्रदूषणले वर्षामा असर : जमिनमा घट्यो, समुद्रमा बढ्यो

। दक्षिणपूर्वी एसियामा गरिएको नयाँ अध्ययनले गम्भीर वायु प्रदूषणले जमिन क्षेत्रमा वर्षा घटाइरहेको र समुद्रमा भने वर्षा अझ तीव्र बनाइरहेको पत्ता लागेको छ ।

वैज्ञानिकहरूको भनाइमा, गाडी, कारखाना र विद्युत् उत्पादन केन्द्रबाट निस्कने स-साना कणहरू (एरोसोल) ले सूर्यको प्रकाश रोक्छन् र वायुमण्डललाई चिसो बनाउँछन् । यस्तो प्रभाव जमिनमा बढी हुने भएकाले तातो–चिसो सन्तुलन बिग्रन्छ र वर्षाको ढाँचा पनि परिवर्तन हुन्छ ।

दक्षिण कोरियाको पु्सान नेशनल युनिभर्सिटीका क्यङ-ह्वान सियोले नेतृत्व गरेको अध्ययनमा भनिएको छ, ‘एरोसोलहरूले जमिन क्षेत्रमा दिनको तापक्रम बढ्न रोक्छन् तर समुद्रमा त्यसको खास असर पर्दैन ।’

मौसममा यसको प्रभाव बुझ्नका लागि वैज्ञानिकहरूले थाइल्यान्डदेखि फिलिपिन्ससम्मको दक्षिणपूर्वी एसियाली क्षेत्र र वरिपरिका समुद्रमा एरोसोलको प्रभावको मोडेलिङ अध्ययन गरेका थिए ।

उनीहरूले प्रदूषण बढ्दा समुद्रमाथिको वर्षा करिब ५० प्रतिशतसम्म तीव्र हुने र त्यसको कारण समुद्रमाथिको तातो हावा माथि उठ्दा भूमिबाट आद्रता तानेर समुद्रमा भारी वर्षा गराउने निष्कर्ष निकाले । ‘तर जमिनमा भने वर्षा घट्छ र दिउँसो हुने सामान्य वर्षा ढिलो भएर प्राय: राति पर्छ,’ सियो भन्छन्, ‘हामीले दिउँसोको अन्त्यतिर पर्ने सामान्य वर्षा सरेर मध्यराततिर केन्द्रित भएको देखिरहेका छौं ।’

एनपीजी क्लाइमेट एण्ड एट्मोस्फेरिक साइन्समा जर्नलमा प्रकाशित यो अध्ययनको निष्कर्षअनुसार, यसले मौसमविद्हरूलाई प्रदूषणले कहिले र कहाँ वर्षा घटाउने हो भन्ने बुझ्न सहयोग पुर्‍याउने विश्वास छ । सागै यसले बाढीको पूर्वानुमान र मीठोपानीको स्रोत व्यवस्थापनमा पनि सुधार ल्याउन मद्दत गर्न सक्छ ।

नेपालका लागि पनि सान्दर्भिक

यो अध्ययन दक्षिणपूर्वी एसियाका देशहरूमा सीमित देखिए पनि यसको प्रभाव र सन्देश नेपाल र भारतका लागि पनि उत्तिकै सान्दर्भिक रहेको जानकारहरु बताउँछन् ।

भारतको उत्तरी भाग र नेपालको तराई–मध्यपहाडी क्षेत्र विश्वका सबैभन्दा प्रदूषित क्षेत्रहरू मध्येमा पर्दछन् । यहाँ सवारी साधनबाट निस्किने धुवाँ, इँटाभट्टा, उद्योग कलकारखाना, डढेलो र कृषि अवशेष जलाउने कार्यले हावामा एरोसोलको मात्रा उच्च राखेको छ । यस्ता सूक्ष्म कणहरूले वर्षा बन्ने प्रक्रियामा बाधा पुर्‍याउँछन्, जसले भूमिमा वर्षा घटाउँछ वा ढिलो गराउँछ ।

नेपालमा पछिल्ला वर्षहरूमा पानी पर्ने प्रवृत्तिमा परिवर्तन आएको मौसमविदहरु बताउँछन् । दिउँसोको सट्टा रातिमा बढी पानी पर्नु छोटो अवधिमा अत्यधिक वर्षा हुनु, वर्षा पनि कतै अत्यधिक हुनु र कतै नहुनु अनि लामो समयसम्म सुख्खा हुनु नेपालमा पछिल्ला वर्षयता देखिएका परिवर्तन हुन् । हिउँदे झरी पनि हराउँदै गएको छ । ताता वर्षहरु बढ्दै गएका छन् ।

हरायो हिउँदे झरी, बढे ताता वर्ष

वैज्ञानिकहरूका अनुसार यस्तो प्रवृत्तिमा वायुमण्डलीय तापक्रम परिवर्तनसँगै प्रदूषणले पनि भूमिका खेलिरहेको छ ।

‘पछिल्लो अध्ययनले नीति निर्माताहरूलाई वायु प्रदूषण केवल स्वास्थ्य समस्या होइन, यो जलवायु र जलस्रोत व्यवस्थापनसँग पनि प्रत्यक्ष सम्बन्धित छ भनेर स्पष्ट सन्देश दिएको छ,’ मौसम र वायु प्रदूषणका अध्येता डा. उत्तमबाबु श्रेष्ठ भन्छन्, ‘नेपालले प्रदूषण घटाउने उपायलाई अब केवल स्वास्थ्यको नजरबाट मात्र होइन, मौसमी सन्तुलन र पानीको स्रोत सुरक्षाको आधारका रूपमा लिनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए। ‘त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको ...
: मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको बिदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन। यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ...
। भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरे । नेपाली टोलीले ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल ...
: प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन्। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी अर्पण गरेको थियो। अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे । उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न ...