मुख्य समाचार
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताए
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताए

। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताएका छन्।

तिहारको सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको पनि बताएका छन् ।

विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत भएको उनको भनाइ छ । चाडपर्वले पर्वले पारिवारिक जमघट, सामाजिक, सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकतासुदृढ गर्ने उनको विश्वास छ ।

उनका अनुसार कृषिमा निर्भर मानव समुदायसँग प्रकृति र पशुपन्छीको गहिरो सम्बन्धलाई तिहार पर्वले उजागर गरेको छ । उनी अगाडि लेख्छन्, ‘यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका लागि प्रकृति र पशुपन्छीको महत्व कति रहेछ भन्ने देखाउँछ ।’


तिहारको अन्तिम अर्थात् पाँचौँ दिन भाइटीका मनाइन्छ । यसले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र हार्दिकता प्रकट गर्नुका साथै टाढा रहेका दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलन गराउने दाहालको विश्वास छ ।

तिहारमा खेलिने देउसी भैलो लगायतका सांस्कृतिक गतिविधिले उल्लासमय माहोल बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको दाहालले बताएका छन् ।

अन्तिममा उनी लेख्छन्, ‘तिहार पर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वासका साथ फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् । सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे । उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् । ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताए । सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रष्ट पारे । ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएकी छिन् । सोमबार मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताए । ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल ...
। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले ...
। प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा सुकुमबासी बस्तीमा ७ राउण्ड गोली भेटाएको छ । सोमबार सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा थ्रीनटथ्री राइफलको ५ राउण्ड गोली र एसएलआरको २ राउण्ड गोलीसहित ७ राउण्ड गोली भेटाएको हो । उक्त गोली कात्तिक २ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भेटाएको हो । बरामद उक्त गोलीबारे थप ...