मुख्य समाचार
अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा
अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा

युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिनका लागि अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल रहेको बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले भने, ‘हरेक पटक जब म भ्लादिमिर (पुटिन)सँग कुरा गर्छु, कुरा राम्रै हुन्छ तर अगाडि बढ्दैन।’


ट्रम्पले यो कुरा नेटो महासचिव मार्क रुटसँगको भेटपछि बताएका हुन्। जहाँ दुवैले शान्ति वार्ताको विषयमा छलफल गरेका थिए। यी प्रतिबन्धहरूले विकासशील देशहरूको ऊर्जा सुरक्षामा (तेल र ग्याँस आपूर्तिमा) असर पार्ने रुसले चेतावनी दिएको छ।


एक दिनअघि ट्रम्पले बुडापेस्टमा हुने पुटिनसँगको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताएका थिए। बुधबार बिहान रुसले युक्रेनमा भीषण बमबारी गरेको थियो। जसमा केही बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले भने, ‘पुटिनले यो युद्ध रोक्न अस्वीकार गरेकाले नयाँ प्रतिबन्ध आवश्यक भएका हुन्।’ बेसन्टका अनुसार यी तेल कम्पनीहरूले रुसलाई युद्धका लागि आर्थिक सहयोग पुर्‍याउँछन्। उनी भन्छन्, ‘अब मानिसहरूको हत्या रोक्ने र तुरुन्तै युद्धविराम गर्ने समय आएको छ।’

बुधबार ह्वाइट हाउसमा ट्रम्पले पुटिनको आलोचना गर्दै भने, ‘उनी शान्तिको विषयमा गम्भीर छैनन्।’ नयाँ प्रतिबन्धहरूले समाधानको बाटो खोल्नेमा उनले आशा व्यक्त गरे। ट्रम्पले थपे, ‘मलाई लाग्यो अब समय आएको छ। हामीले धेरै पर्ख्यौं।’ अमेरिकी राष्ट्रपतिले यी प्रतिबन्धहरूलाई महत्वपूर्ण कदम भनेका छन्। यदि रुसले युद्ध रोक्ने निर्णय गर्‍यो भने यी प्रतिबन्ध हटाइनेछन्।

मार्क रुटले पनि अमेरिकाको यो कदमको प्रशंसा गर्दै भने, ‘यो पुटिनमाथि दबाब बढाउने कदम हो।’ यो निर्णय त्यस्तो समयमा आएको हो जब अमेरिका र रुस बीचको शान्ति प्रस्तावमा मतभेद अझ प्रस्ट हुँदै गएका छन्। ट्रम्पका अनुसार मुख्य बाधा रुसको युद्ध रोक्न अस्वीकार गर्नु नै हो।

गत हप्ता मात्र बेलायतले पनि रोसनेफ्ट र लुकोइलमाथि यस्तै प्रतिबन्ध लगाएको थियो। बेलायती अर्थमन्त्री राचेल रिभ्सले भनेकी छन्, ‘विश्व बजारमा रूसी तेलको अब कुनै स्थान छैन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...