: सुनसरीको धरानमा प्रतिबन्धित लागू औषध ओसार–पसार र कारोबारमा संलग्न दुई जना कारोबारी पक्राउ परेका छन् । बिहिबार फरक–फरक स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र ठूलो परिमाणका लागू औषधका ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले राति धरान उप(महानगरपालिका–११ मंगलबारे चौकमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्र।१–०२–०४५ प ४९७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक ३५ वर्षीय डिपल भट्टराई को साथबाट ब्राउन सुगर ३.६ ग्राम बरामद गरेको बताए ।
त्यसैगरी, धरान–१० धर्मपथस्थित क्षेत्रमा अर्को प्रहरी टोलीले ३७ वर्षीय राजन मगरलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट Decolic २८० पिस र Tramol २९० पिस ट्याब्लेट बरामद गरिएको छ। दुबै अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। प्रहरीले धरान र आसपासका क्षेत्रमा लागू औषध कारोबारमा संलग्न समूहमाथि निगरानी कडाइ गर्दै कारबाहीलाई निरन्तरता दिने बताएको छ।