मुख्य समाचार
मधेशमा जनस्तरका कार्यकर्तालाई एकताबद्ध गर्न नसकेकै कारण पार्टीले गत निर्वाचनमा सोचेअनुरूप मत प्राप्त गर्न नसकेको धारणा
मधेशमा जनस्तरका कार्यकर्तालाई एकताबद्ध गर्न नसकेकै कारण पार्टीले गत निर्वाचनमा सोचेअनुरूप मत प्राप्त गर्न नसकेको धारणा

: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले मधेशमा जनस्तरका कार्यकर्तालाई एकताबद्ध गर्न नसकेकै कारण पार्टीले गत निर्वाचनमा सोचेअनुरूप मत प्राप्त गर्न नसकेको धारणा राखेका छन्।

बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनका लागि पार्टीले योजनाबद्ध तवरले हरेक पक्षलाई समेटेर अगाडि बढ्ने किसिमले रणनीति तय गरिने स्पष्ट पारेका छन्।


प्रचण्डले जेनजी युवापुस्ताको ज्याज माग पुरा गर्न र राष्ट्रलाई नयाँ आयामबाट अगाडि बढाउनका लागि निर्वाचनको विकल्प नरहेको बताए। उनले वर्तमान समयमा उठाएको माग माओवादीले पहिल्यैदेखि उठाउँदै आएको बताए।

उनले भने,ʻमेरै नेतृत्वको सरकारले मिटरव्याजी, भ्रष्टाचारको मुद्दा, सुशासन अनि सामाजिक न्यायको पक्षमा उभिएको थियो। सोही क्रममा अनेकन् मजदुर, किसान, दलित, शोषित, पीडितको माग सम्बोधन भएका थिए। नेतृत्वको चर्चा चलेकै समयमा केही तत्त्वलाई अपचे भएपछि हाम्रो सरकार नै ढल्यो। अनि बाँकी रहेको मुद्दाहरू अहिले पनि यथावत् नै छ।ʼ

संयोजक प्रचण्डले जेनजी आन्दोलनले राष्ट्रलाई व्यापक क्षति भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागूऔषध ब्राउनसुगर दुईजना पक्राउ पक्राउ परेका छन्। ३ ग्राम ब्राउनसुगरसहितसहित बाँसगढी नगरपालिका-३ बेलुवा बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सिमराः मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन्। नेपाल सम्वत् ११४६ को प्रारम्भका अवसरमा सिमरा नेवाः खलले बुधबार सिमरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले जनताको अधिकार सम्पन्न व्यवस्थालाई संस्थागत गरेर अघि बढ्न आवश्यक गरेको बताए। गणतन्त्रले नेपालीलाई स्वाभिमानका साथ बाँच्न पाउने वातावरण निर्माण गरेको ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन्। बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका हुन्। गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उनले बताए। ...
: झापाको बिर्तामोडमा बाँसले हिर्काइ एक युवकको हत्या गरिएको छ । बिर्तामोड नगरपालिका–५ कञ्चनजङ्घा एफएम छेउ बिहिबार साँझ साढे ६ बजेतिर स्थानीय ३२ वर्षीय जोगेन राजवंशीलाई अपरिचित दुई युवाले कन्चटमा बाँसले हिर्काइ हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडदेखि करिब ५ सय मिटर दक्षिणमा भएको घटनामा बाँस प्रहारबाट ढलेका घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल ...
: सुनसरीको धरानमा प्रतिबन्धित लागू औषध ओसार–पसार र कारोबारमा संलग्न दुई जना कारोबारी पक्राउ परेका छन् । बिहिबार फरक–फरक स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र ठूलो परिमाणका लागू औषधका ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले राति धरान उप(महानगरपालिका–११ मंगलबारे चौकमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्र।१–०२–०४५ ...