मुख्य समाचार
पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध
पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध

। पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जनाएको छ ।


शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको पोखराले जनाएको छ ।

इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका रोसिङगटनले इंग्लिस टी२० क्रिकेट भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेटका साथै अन्य देशका टी२० फ्रेन्चाइज लिगहरु समेत खेलेका छन् ।

उनले टी२० क्रिकेटमा ३ हजार भन्दा बढी रन बनाएका छन् भने विकेटकिपरको रुपमा १०० भन्दा बढी आउट गराएका छन् । उनले १०० बल क्रिकेटमा १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

घरेलु स्तरमा लामो क्यारियर बिताएका रोसिङगटनले आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका थिए । त्यसपछि उनी नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी-२० फार्मेटमा सयौँ खेल खेलेका छन् र करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् ।

पावरप्लेमा तिव्र सुरुवात गराउने क्षमताका लागि परिचिति यी दायाँ हाते ब्याटरको तेज तर टिकाउ खेलले टोलीलाई नियमित योगदान पुर्‍याउने पोखराको विश्वास छ ।

रोसिङटनले विश्वभरका प्रमुख टी-२० लिगहरूमा पनि खेल्दै अनुभव बटुलेका छन् । पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए । त्यहाँ उनले फाइनलमा ३० बलमा ५७ रनको प्रभावशाली रूपमा खेलेका थिए ।

साथै उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने अन्तर्राष्ट्रिय लिग (आईएलटी-२०) मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन्। यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ ।

पोखरा एभेन्जर्सले रोसिङटनलाई स्वागत गर्दै उनको अनुभव र आक्रामक ब्याटिङले टोलीको प्रदर्शनमा नयाँ उचाइ हासिल गर्ने जनाएको छ । रोसिङटनले पनि पोखरामा अनुबन्ध भएपछि नेपालमा आएर खेल्न उत्साहित रहेको बताएका छन् र पोखराका समर्थकहरूलाई उत्कृष्ट प्रदर्शन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो । यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

पोखराको टोली : कुशल भुर्तेल, दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम