मुख्य समाचार
पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध
पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध

। पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जनाएको छ ।


शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको पोखराले जनाएको छ ।

इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका रोसिङगटनले इंग्लिस टी२० क्रिकेट भाइटालिटी ब्लास्ट, १०० बल क्रिकेटका साथै अन्य देशका टी२० फ्रेन्चाइज लिगहरु समेत खेलेका छन् ।

उनले टी२० क्रिकेटमा ३ हजार भन्दा बढी रन बनाएका छन् भने विकेटकिपरको रुपमा १०० भन्दा बढी आउट गराएका छन् । उनले १०० बल क्रिकेटमा १५ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

घरेलु स्तरमा लामो क्यारियर बिताएका रोसिङगटनले आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका थिए । त्यसपछि उनी नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी-२० फार्मेटमा सयौँ खेल खेलेका छन् र करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् ।

पावरप्लेमा तिव्र सुरुवात गराउने क्षमताका लागि परिचिति यी दायाँ हाते ब्याटरको तेज तर टिकाउ खेलले टोलीलाई नियमित योगदान पुर्‍याउने पोखराको विश्वास छ ।

रोसिङटनले विश्वभरका प्रमुख टी-२० लिगहरूमा पनि खेल्दै अनुभव बटुलेका छन् । पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए । त्यहाँ उनले फाइनलमा ३० बलमा ५७ रनको प्रभावशाली रूपमा खेलेका थिए ।

साथै उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने अन्तर्राष्ट्रिय लिग (आईएलटी-२०) मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन्। यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ ।

पोखरा एभेन्जर्सले रोसिङटनलाई स्वागत गर्दै उनको अनुभव र आक्रामक ब्याटिङले टोलीको प्रदर्शनमा नयाँ उचाइ हासिल गर्ने जनाएको छ । रोसिङटनले पनि पोखरामा अनुबन्ध भएपछि नेपालमा आएर खेल्न उत्साहित रहेको बताएका छन् र पोखराका समर्थकहरूलाई उत्कृष्ट प्रदर्शन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो । यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

पोखराको टोली : कुशल भुर्तेल, दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम