मुख्य समाचार
जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले माइतिघरमा प्रदर्शन
जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले माइतिघरमा प्रदर्शन

: जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बदनाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।


'जेनजी युवाहरूले रगतले देखिएको इतिहास–अब कर्मले पूरा गरौं, शहीदको रगत खेर नजाओस, जेनजी युनाइटेड देशका घाउहरू हाम्रो जिम्मेवारीलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ गरेको छ। शुक्रबार नरेफाँटबाट बर्दियाको बढैया गाउँपालिका-३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर पक्राउ परेका हुन्। गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली लाजिम्पाटबाट लुकाएर राखेको अवस्थामा फेला ...
— निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले ...
: सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको हो। सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ। कूल ४०० केभी क्षमताको सो ...
: मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ...
एमाले महासचिव पोखरेल र काठमाडौंका मेयर बालेनबीच आरोप-प्रत्यारोप