मुख्य समाचार
अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिगको दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने
अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिगको दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने

। अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।

पहिलो सिजनको एनपीएल कर्णालीबाट खेलेका बोसिस्टोलाई दोस्रो सिजनका लागि पनि कर्णाली याक्सले स्पोट्स प्रालीले अनुबन्ध गरेको हो ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका पूर्व खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी गराए ।

बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरिसकेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताएका छन् । ‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुबै पक्ष दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमती भयो,’ निर्देशक घिमिरेले भने, ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौं ।’

बोसिस्टो लगातार दोस्रो पटक कर्णाली याक्सबाट खेल्दैछन् । पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । उनको अलराउण्ड प्रदर्शनमा कर्णाली पहिलो सिजन प्लेअफ प्रवेश गर्दै दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

बासिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।

बोसिस्टोले २८ फर्स्ट क्लास क्रिकेट म्याच खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै उनले १७ विकेट पनि लिएका छन् । यस्तै टी२० क्रिकेटमा उनले २१ खेल खेल्दै ४०० रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् । एनपीएलको पहिलो संस्करण खेेलपछि बंगलादेश प्रिमियर लिग खेल्न गएका उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खुल्नाका लागि १० खेलमा २ अर्धशतक सहित २९८ रन बनाएका थिए ।

निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाँडै सार्वजनिक गरिने जानकारी दिए ।

दुई विदेशी खेलाडी अनुबन्ध गर्दै कर्णाली याक्सले दोस्रो संस्करणको एनपीएलका लागि आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।

एनपीएलको दोस्रो कर्णालीका लागि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम