मुख्य समाचार
टर्कीमा आप्रवासी सवार डुंगा दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु
टर्कीमा आप्रवासी सवार डुंगा दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

— आप्रवासी सवार डुंगा दुर्घटना हुँदा टर्कीको दक्षिण पश्चिम भागमा पर्ने बोड्रम पेनन्सुलास्थित समुन्द्रमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।


घटनास्थल टर्कीको राजधानी अंकाराबाट स्थलमार्गमा कम्तीमा ७ सय ५० किलोमिटर दुरीमा पर्छ । मुग्ला राज्यमा पर्ने समुन्द्रमा भएको उक्त दुर्घटनामा केही यात्रुहरु भने पौडी खेलेर बाँच्न सफल भएको अल जजिराले जनाएको छ ।

बाँच्न सफल एक अफगान व्यक्तिले रबरको उक्त डुंगामा १८ यात्रु सवार रहेको र डुंगामा पानी पस्न थालेपछि उक्त दुर्घटना भएको बताएका छन् । खोज तथा उद्दार टोलीले डुंगा, हेलिकोप्टर र विशेष गोताखोर टोलीले घटनास्थलबाट कसैको जीवितै उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरेका थिए ।

गल्फन्यूजका अनुसार आप्रवासीहरु छोटो तर जोखिमपूर्ण यो सामुन्द्रिक मार्ग हुँदै ग्रीस छिर्ने प्रयासमा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले क्यालिफोर्नियाको सवारी विभाग (डीएमभी) विरुद्ध मुद्दा दायर गरेको छ। राज्य नियामक निकायले टेस्लाको ‘अटोपाइलट’ मार्केटिङलाई ‘भ्रामक’ ठहर गरेपछि टेस्लाले उक्त निर्णय उल्ट्याउन माग गर्दै अदालतको ढोका ढकढक्याएको हो। क्यालिफोर्निया डीएमभीले टेस्लाले आफ्ना कारहरू पूर्ण रूपमा आफैँ चल्न सक्ने भन्दै झुठो प्रचार गरेको र यसले राज्यको कानुन उल्लंघन गरेको ठहर गरेको थियो। गत ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन गरेका छन्। उनले यस्ता रिपोर्टहरूलाई ‘१०० प्रतिशत गलत’ र ‘भ्रामक’ भएको बताएका छन्। द वासिङ्टन पोस्ट र एक्सिओस जस्ता सञ्चारमाध्यमका अनुसार जनरल केनले राष्ट्रपति ट्रम्पलाई इरानसँगको युद्ध लामो समयसम्म लम्बिन सक्ने ...
। पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोमबार फेब्रुअरी २३ मा सार्वजनिक गरिएको आधिकारिक जानकारी अनुसार यो दुखद घटना आरिक्विपा क्षेत्रको काराभेली प्रान्तमा भएको हो। दुर्घटनामा हेलिकप्टरमा सवार सबै १५ जनाको मृत्यु भएको छ। यसमा ४ चालक दलका सदस्य र ११ यात्रीहरू रहेका थिए। ...
। सर्बियाली प्रहरीले राष्ट्रपति अलेक्जेन्डर भुकिक र उनको परिवारको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ४९ वर्षीय डि. आर. र ४१ वर्षीय एम. आर. लाई संवैधानिक व्यवस्था उल्ट्याउन खोजेको र हतियार जम्मा गरी राष्ट्रपतिको ज्यान लिने योजना बनाएको आरोपमा पक्राउ गरिएको हो । गृह मन्त्रालयका अनुसार उनीहरूले राष्ट्रपति, उनकी पत्नी र छोराछोरीलाई ...
। भेनेजुएलाका विदेशमन्त्री यभान गिल पिन्टोले अमेरिकी नियन्त्रणमा रहेका पूर्व राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइको माग गरेका छन् । सोमबार जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले पूर्वराष्ट्रपति मदुरो र उजकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गरेका हुन् । सन् २०१३ देखि सत्तामा रहेका मदुरोलाई अमेरिकी सेनाले दुई महिनाअघि राजधानी काराकसस्थित निवासबाटै नियन्त्रणमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम