मुख्य समाचार
‘सिल्भर भोलिन्टियर कार्यक्रम’
‘सिल्भर भोलिन्टियर कार्यक्रम’

— काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।


कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए ।

‘सिल्भर भोलिन्टियर कार्यक्रम’ का सन्दर्भमा योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोला भन्छन्, 'तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।'

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ ।

महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो । कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिंकमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रमका लागि कामपाले निम्नानुसारको समयसीमा निर्धारण गरेको छ – नेपाली नागरिक/गैर आवासीय नेपाली/प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिक, जसको ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको छ ।

त्यस्तै कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको रहनुपर्ने कामपाको भनाइ रहेको छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने, शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको हुनुपर्ने, पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक रहेको, समितिले तोकेको कामपाभित्रका क्षेत्रमा गई काम गर्न तयार रहनुपर्ने छ ।

त्यसैगरी आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने तथा प्रतिफल निकाल्न क्षमता रहनुपर्ने, कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको, समितिले तोकेका अन्य योग्यता पूरा भएको महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ जनाएको छ ।

इच्छुक व्यक्तिलाई कार्यक्रमका बारेमा जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न समेत कामपाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माण व्यवसायीले काम सुरु गरेको आठ महिनामा बुटवल–गोरुसिंगे सडक विस्तारको काममा १५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुका पाँच महिना तीव्र गतिमा काम भएको यो सडक खण्डमा पछिल्ला तीन महिना कामदार अभावले गति सुस्त बनेको हो । निर्माण व्यवसायीले असारदेखि कामदार अभावको सामना गर्नुपरेकाले निर्माणको गति कमजोर भएको र छठपछि तीव्र रूपले निर्माणको काम सुरु हुने ...
— सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कुल ४०० केभी क्षमताको ...
— स्याङ्जामा मोटरसाइकल दुर्घटनामा हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ । राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए । आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ ...
: कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको ...
— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले छठपछि विश्वासको लिने भएका छन् । सत्ता साझेदार दलहरु शुक्रबार बैठक बसेर छठपछि विश्वासको मत लिएर मन्त्रालय बाँडफाँट गर्ने सहमति गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराईले छठ सम्पन्न भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको जानकारी दिए । उनका ...