मुख्य समाचार
स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु
स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु

— स्याङ्जामा मोटरसाइकल दुर्घटनामा हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।


राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए ।

आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित हुँदा सडकभन्दा १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । लम्सालका साथीहरुका अनुसार घटना बिहान ११ बजेतिरको हो । ३/४ घण्टा सम्पर्कमा नआएपछि आफन्तले प्रहरीमा सूचना गरेका थिए । प्रहरीले खोजतलासको क्रममा अपराह्न ४ बजे घटनास्थलमा मृत भेटाएको जनाएको छ ।

प्रहरीका अनुसार उनलाई टाउकोमा बढी चोट लागेको छ । लम्सालको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको इन्स्पेक्टर नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माण व्यवसायीले काम सुरु गरेको आठ महिनामा बुटवल–गोरुसिंगे सडक विस्तारको काममा १५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुका पाँच महिना तीव्र गतिमा काम भएको यो सडक खण्डमा पछिल्ला तीन महिना कामदार अभावले गति सुस्त बनेको हो । निर्माण व्यवसायीले असारदेखि कामदार अभावको सामना गर्नुपरेकाले निर्माणको गति कमजोर भएको र छठपछि तीव्र रूपले निर्माणको काम सुरु हुने ...
— सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कुल ४०० केभी क्षमताको ...
— काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका ...
: कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको ...
— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले छठपछि विश्वासको लिने भएका छन् । सत्ता साझेदार दलहरु शुक्रबार बैठक बसेर छठपछि विश्वासको मत लिएर मन्त्रालय बाँडफाँट गर्ने सहमति गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराईले छठ सम्पन्न भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको जानकारी दिए । उनका ...