मुख्य समाचार
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले वेस्ट ह्यामलाई २–१ ले हराए
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले वेस्ट ह्यामलाई २–१ ले हराए

— इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले शुक्रबार राति वेस्ट ह्यामलाई २–१ ले हराएको छ । खराब लयबाट गुज्रिरहेको वेस्ट ह्याम हारले थप दबाबमा आएको छ र रेलिगेसन क्षेत्रमा कायम रह्यो ।


एलान रोडमा भएको खेलमा लिड्सले सुरुआती १५ मिनेटभित्र दुई गोल गरेको थियो र यो नै जितको आधार भयो । ब्रेन्डेन आरोन्सनले तेस्रो मिनेटमा पहिलो गोल गरे । त्यसपछि जोए रोडनले १५ औँ मिनेटमा दोस्रो गोल थपे ।

खेलको ९० औँ मिनेटमा म्याथेस फर्डिनान्डेसले वेस्ट ह्यामका लागि एक सान्त्वना गोल फर्काए । यो जितपछि लिड्स नौ खेलबाट ११ अंक भएको छ र १३ औँ स्थानमा छ । वेस्ट ह्याम भने समान खेलबाट चार अंकमा सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पिसासँग मिलानको बराबरी एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति पिसालाई २–२ को बराबरीमा रोकेको छ । हारतर्फ अग्रसर रहेको मिलानका लागि जाचरी एथेकमले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि सानसिरोमा मिलानले नै राफेल लियोओको गोलको मदतले अग्रता लिएको थियो । त्यसपछि यसै सिजन बढुवा भएको पिसाले दुई गोल ...
— बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ । बंगलादेशको ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै तीन खेलमा नेपालले ४ अंक बटुलेको छ । नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ ...
। अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ...
। अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् । पहिलो सिजनको एनपीएल कर्णालीबाट खेलेका बोसिस्टोलाई दोस्रो सिजनका लागि पनि कर्णाली याक्सले स्पोट्स प्रालीले अनुबन्ध गरेको हो । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका पूर्व खेलाडी बोसिस्टोलाई ...
। पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जनाएको छ । शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको पोखराले जनाएको छ । इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका रोसिङगटनले इंग्लिस टी२० ...