— पिसासँग मिलानको बराबरी एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति पिसालाई २–२ को बराबरीमा रोकेको छ ।
हारतर्फ अग्रसर रहेको मिलानका लागि जाचरी एथेकमले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि सानसिरोमा मिलानले नै राफेल लियोओको गोलको मदतले अग्रता लिएको थियो ।
त्यसपछि यसै सिजन बढुवा भएको पिसाले दुई गोल गरेको हो । जुावन क्वाड्राडोले ६० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि एमबाला एजोलाले ८६ औँ मिनेटमा दोस्रो गोल थपे । यो नतिजापछि मिलान आठ खेलबाट १७ अंकमा शीर्ष स्थानमा रह्यो । पिसा भने चार अंकमा १७ औँ स्थानमा छ ।