मुख्य समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा बजेट कार्यान्वयनमा समस्या परेको बताए
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा बजेट कार्यान्वयनमा समस्या परेको बताए

: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा बजेट कार्यान्वयनमा समस्या परेको बताएका छन्। एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको जानकारी गराएका हुन्।

उनले भने,‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन्। आज काम नगर्ने भनिएको छ। अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पुर्‍याउँदैछ ? देशको विकास के हुँदैछ ? यो विषयमा जवाफदेहिता हुनुपर्छ की पर्दैन।’


आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा धेरै कामहरू भइरहेको उल्लेख गरे। मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे।

उनले भने,‘निश्चित व्यक्तिका समूहहरू आज कार्यालय–कार्यालय गएर कर्मचारीलाई तेजोवध गर्ने शैलीमा धम्क्याउने र थर्काउने काम भइरहेको छ। अविलम्ब त्यसलाई रोक्न निर्देशन दिन चाहन्छु। यस्तो गर्न कसैलाई पनि छुट छैन। कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन। यो कार्य तुरुन्त रोकिनु आवश्यक छ।’
उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको गएराती मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। सतौंबाट आफ्नो निवास लामागेतर्फ आउँदै गर्दा दुर्घटनामा परेका ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे । 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,' गृहमन्त्री अर्यालले ...
— मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको हो । काङला फेदी (करिब ४,५०० मि.) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ...
— भदौ २४ को प्रदर्शनपछि भक्तपुरमा हालसम्म १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन्। आज सामाजिक सञ्जालमा उनले बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास भएको टिप्पणी गरेका हुन्। ‘माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको ...