मुख्य समाचार
पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन
पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन

— फ्रान्सको पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'(औंठाछाप)को नमुना संकलन गरिएको छ । अनुसन्धानरत अधिकारीहरूले डकैतीमा संलग्नको खोजीका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन गरेका हुन् ।


बेलायती अखबार द गार्डियनका अनुसार घटनास्थलमा छोडिएका उपकरणहरूबाट १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'का नमुनाहरू संकलन गरिएको हो । जसमा हेलमेट र पन्जा पनि समावेश छन् ।

गत १८ अक्टोबरमा फ्रान्सको ऐतिहासिक सम्पदाको परिचित नेपोलियन र उनका पत्नीहरूसँग सम्बन्धित बहुमूल्य रत्नहरू चोरी भएको थियो ।

सन् १८५५ मा नेपोलियन तृतीयकी पत्नी महारानी युजेनी डे मोन्टीजोको लागि बनाइएको हजारौँ बहुमूल्य रत्नहरूले जडित ऐतिहासिक युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

फ्रान्सेली सरकारी वकिल लोर बेक्कुओलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो पर्ने जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार, चोरीमा तीनदेखि चार जना संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल-जजिराका अनुसार ४ देखि ८ मिनेटभित्र यो चोरी भएको हो । अनुसन्धानकर्ताका अनुसार चोरी गर्नेहरूले भाग्ने क्रममा युजेनीको क्षतिग्रस्त मुकुट (युजेनी क्राउन/टियारा) को केही टुक्रा बाटोमा छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...
। इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना ...
: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि दुई देशबीच भएको समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकी हमला, इरानी तेल बिक्रीमाथि पुनः लगाइएको प्रतिबन्ध र लेबनानमा हिजबुल्लाहसँग इजरायलको जारी संघर्षका कारण युद्ध रोक्ने सम्झौताका 'महत्त्वपूर्ण र आधारभूत पक्षहरू निष्प्रभावी' भइसकेको बताएका हुन् । उनले इरान आफ्नो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। दुई देशबीच हालै भएका शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका-इरान युद्धविराम 'अन्त्य भएको' औपचारिक घोषणा गरेका हुन् । नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा इरानसँग अब कुनै पनि संवादको औचित्य ...
। प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए । ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले ...