मुख्य समाचार
इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागे
इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागे

। इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्।

स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए,
‘यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्नको साटो एक अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।’

त्यसपछि उनले व्यंग्य गर्दै थपेका थिए, ‘साउदी अरब मरुभूमिमा उँटकै सवारी गर्दै रहोस्, हामी हाम्रो अर्थतन्त्र, समाज र राष्ट्र निर्माणमा लागिरहन्छौँ। हामी त्यही गर्छौँ, जुन हामीले गर्न जानेका छौं।’

तर, उक्त अभिव्यक्तिको व्यापक आलोचना भएपछि स्मोट्रिचले एक्समार्फत एक भिडियो जारी माफी मागेका हुन् । उनले माफी सन्देशमा भनेका छन्, ‘साउदी अरबबारे मेरो टिप्पणी गलत थियो। यसबाट भएको अपमानका लागि म क्षमा चाहन्छु।’

उनले अगाडि भनेका छन्, ‘म साउदीले हाम्रो साथमा वास्तविक शान्तिको पक्षमा काम गर्नेछन् भन्ने विश्वास गर्दछु ।’

मन्त्री स्मोट्रिच अति दक्षिणपन्थी विचारधारा राख्ने मन्त्री हुन् । पेशाले अधिवक्ता समेत रहेका उनी राष्ट्रिय धार्मिक पार्टी–धार्मिक जियोनिज्मका नेता हुन्।
स्मोट्रिचलाई चरम-दक्षिणपन्थी विचारहरू र वेस्ट बैंकमा इजरायली बस्तीहरूको विस्तारको कडा समर्थकको रूपमा चिनिन्छ। उनी प्यालेस्टिनी राज्यको अवधारणाको विरोध गर्छन् र उनका केही अभिव्यक्तिहरूलाई विवादास्पद मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...
हङकङ र युरोपबीच व्यापार एवं लगानीका साथै नवप्रवर्तन र प्रविधि जस्ता क्षेत्रमा व्यावहारिक एवं पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढाउन सक्ने हङकङका वित्त सचिव पावल च्यान मो-पोले बताएका छन् । युरोपमा परिवर्तनको ठूलो चाहना रहेको र बहुपक्षीय सहकार्य एवं जोखिम विविधीकरण मार्फत थप बलियो आर्थिक उत्थानशीलता निर्माण गर्न खोजिरहेको भन्दै च्यानले यस्तो बताएका हुन् । आफ्नो साप्ताहिक ...
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...