मुख्य समाचार
इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागे
इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागे

। इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्।

स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए,
‘यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्नको साटो एक अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।’

त्यसपछि उनले व्यंग्य गर्दै थपेका थिए, ‘साउदी अरब मरुभूमिमा उँटकै सवारी गर्दै रहोस्, हामी हाम्रो अर्थतन्त्र, समाज र राष्ट्र निर्माणमा लागिरहन्छौँ। हामी त्यही गर्छौँ, जुन हामीले गर्न जानेका छौं।’

तर, उक्त अभिव्यक्तिको व्यापक आलोचना भएपछि स्मोट्रिचले एक्समार्फत एक भिडियो जारी माफी मागेका हुन् । उनले माफी सन्देशमा भनेका छन्, ‘साउदी अरबबारे मेरो टिप्पणी गलत थियो। यसबाट भएको अपमानका लागि म क्षमा चाहन्छु।’

उनले अगाडि भनेका छन्, ‘म साउदीले हाम्रो साथमा वास्तविक शान्तिको पक्षमा काम गर्नेछन् भन्ने विश्वास गर्दछु ।’

मन्त्री स्मोट्रिच अति दक्षिणपन्थी विचारधारा राख्ने मन्त्री हुन् । पेशाले अधिवक्ता समेत रहेका उनी राष्ट्रिय धार्मिक पार्टी–धार्मिक जियोनिज्मका नेता हुन्।
स्मोट्रिचलाई चरम-दक्षिणपन्थी विचारहरू र वेस्ट बैंकमा इजरायली बस्तीहरूको विस्तारको कडा समर्थकको रूपमा चिनिन्छ। उनी प्यालेस्टिनी राज्यको अवधारणाको विरोध गर्छन् र उनका केही अभिव्यक्तिहरूलाई विवादास्पद मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...