मुख्य समाचार
टी२० को लयलाई लिग टु मा पनि निरन्तरता दिने नेपालको लक्ष्य
टी२० को लयलाई लिग टु मा पनि निरन्तरता दिने नेपालको लक्ष्य

। लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्न यूएई पुगिसकेको छ ।

गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग २ मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ ।

लिग २ को यस शृंखला यही २६ अक्टोबरदेखि ५ नोभेम्बर (९-१९ कात्तिक) सम्म यूएईमा हुँदैछ । नेपालले पहिलो खेल २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।

टी-२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को उक्त शृंखला खेल्दैछन् । जसका लागि अन्तिम टोली घोषणा भइसकेको छ ।

विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।

अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय नै रहेको हुँदा नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय पनि हो । त्यही कारण पनि हालको लयलाई अब लिग २ का खेलहरूमा पनि निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ ।

लिग २ मा पछिल्लो अवस्था

नेपाली टोलीले यसअघि गत असारमा स्कटल्यान्डमा गएर लिग २ को शृंखला खेलेको थियो, त्यो पनि एसोसियटका दुई बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध नै ।

उक्त शृंखला खेल्नुअघि नेपाल १२ खेलमा ६ अंक मात्र जोडेर ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो । उक्त शृंखलामा ३ खेल जित्दै नेपाल १६ खेलबाट १२ अंक जोड्दै एक स्थान माथि उक्लिएको थियो ।

त्यस शृंखलामा नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग २ मा पुनरागमनको सुरुवात भएको संकेत दिएको थियो । नेपालले नेदरल्याण्ड्सलाई दुवैपटक हराउँदा स्कटल्याण्डसँग एक खेलमा कीर्तिमानी जित निकालेको थियो ।

नेपालले अर्को खेलमा २ रनको हार बेहोरेको थियो । समग्रमा भन्नुपर्दा नेपालले एकपक्षीय खेल कुनैपनि हुन दिएन । पराजित हुँदा पनि जितको निकै नजिक पुगेर हारेको थियो ।

त्यसबाहेक नेपाली टोलीको मानसकिता र आत्मविश्वास पनि निकै बलियो देखिएको थियो । नेपाली टोली पहिलेभन्दा केही सुधारिएको, संयमित र जिम्मेवारीका साथ खेल प्रस्तुत गरेको देखिएको थियो ।

अब हुने शृंखलाबाट नेपालले तालिकाको स्थान धेरै सुधार गर्न नसक्ने भएपनि पछिल्लो लयका हिसाबले भने शृंखला धेरै नै महत्वपूर्ण हुने देखिएको छ ।

नेपालले सबै खेल जितेमा पनि २० अंकमा पुग्नेछ जुन् अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ ।

अबको चूनौती

नेपालका लागि यस शृंखला विपक्षीका हिसाबले भन्दा पनि फर्म्याटका हिसाबले केही चूनौतीपूर्ण बन्न सक्छ । नेपालले पछिल्लो ४ महिनादेखि ५० ओभरको कुनै खेल एवम् अभ्यास खेलेको छैन ।

असारमा लिग २ खेलेपछि निरन्तर टी-२०मा सक्रिय रहेका खेलाडीहरू केही दिनकै अन्तरमा ओडिआईमा स्वीच हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि ३ खेलाडीबाहेक अन्य खेलाडी टी-२० कै टोलीबाट निरन्तरता पाएकाले त्यहाँ नेपालले ध्यान दिनुपर्ने विषय बन्न सक्छ ।

त्यस्तै नेपाली टोलीले ब्याटिङमा पनि ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लोपटक लिग २ खेल्दा ब्याटिङमा निकै सुधार भएको देखिएको थियो । सोही लयको खेल नेपालले सोही स्थानबाट सुचारु गर्नुपर्ने हुन्छ ।

टी-२० फर्म्याटमा लयमा नभएका ब्याटरहरूले संयमित प्रदर्शन गर्दै ओडिआई खेलको अवस्था बुझेर प्रदर्शन गर्न सकेको अवस्थामा नेपालले यो शृंखलाबाट महत्वपूर्ण ८ अंक नै बटुल्न सक्छ ।


विपक्षीको प्रदर्शन अनि हेड टु हेड

लिग २ को तालिकामा हाल अमेरिका २० खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै १६ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १६ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।

अमेरिकाले हालसम्म १४ जित र ६ हारको नतिजा निकालेको छ । नेपाल र यूएईसँग यसअघि पनि खेलिसकेको अमेरिकाले यस लिग २ साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन ।

यस्तै यूएईले भने ३ जित निकाल्दा १३ हार बेहोरेको छ ।

नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म ८ पटक खेलेको छ । जहाँ नेपालले ४ खेलमा जित निकाल्दा अमेरिकाले ३ खेल जितेको छ । एक खेल टाइ भएको थियो ।

त्यस्तै यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा, शाहब आलम

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम