मुख्य समाचार
शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको आरोप
शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको आरोप

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको आरोप लगाएका छन् ।

राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको बताएका छन् ।

माइतीघर मण्डला सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो । बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...