मुख्य समाचार
जेनजी आन्दोलनकारीका क्रममा भएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड बराबरको क्षति
जेनजी आन्दोलनकारीका क्रममा भएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड बराबरको क्षति

। पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली केबुलकारको बटम (तल्लो) स्टेसनमा जेनजी आन्दोलनकारीका क्रममा भएको तोडफोड र आगजनीबाट झन्डै ७० करोड बराबरको क्षति भएको छ । गत भदौ २४ गते साँझ जेनजी प्रदर्शनकारीले गैंडाकोट नगरपालिका–१ मा रहेको केबुलकारको बटम स्टेसनमा तोडफोड र आगजनी गरेका थिए ।

आगजनीबाट क्षति पुगेको स्टेसनको मर्मतको काम भैरहेको स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । स्टेसनमा अहिले टायल, मार्बल, रङरोगनको काम भैरहेको छ । आगजनीका कारण भदौ २४ गतेदेखि बन्द रहेको केबुलकार कात्तिकभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए ।

‘केबुलकारको मुख्य स्टेसनमा आगो लाग्दा महत्वपूर्ण केबुलहरु नै जलेर नष्ट भएका छन्, सेन्सरहरु बिग्रिएका छन्,’ उनले भने, `बाहिरबाट झट्ट हेर्दा धेरै क्षति नभएको जस्तो देखिए पनि झन्डै ७० करोड बराबरको क्षति भएको अनुमान छ ।’

सामानहरु महँगो पर्ने र विदेशबाट ल्याउनुपर्ने भएकाले सञ्चालनमा ढिलाइ भएको छ । अस्ट्रियाबाट सामान सहित प्राविधिक आएर जाँच गरी नयाँ सामान फेरेपछि मात्रै सञ्चालनमा आउने पौडेलले बताए । कात्तिक १३/१४ गतेतिर प्राविधिकहरू आउने र उनीहरूले गर्ने सिफारिसका आधारमा सामान फेरेर केबुलकार सञ्चालनमा ल्याउने उनले बताए ।

जेनजी आन्दोलनकारीले स्टेसनमा रहेको टिकट काउन्टर, स्टेसन इन्चार्जको कार्यालय, क्याफे, कन्ट्रोल रुम लगायत क्षेत्रमा आगजनी गरेका थिए ।

‘त्यसदिन साढे ६ बजेतिर एक हुल मानिस आएर अगाडि राखेका गाडी, जेनेरेटरमा आगो लगाए, सिसा फुटाउन थाले, कोही भित्र पसेर तोडफोड सुरु गरे, आगो लगाउन थाले, प्रहरी आउन सक्ने अवस्था थिएन, स्टेसनको अगाडि रहेको ग्लोबल आईएमई बैंकको एटीएम लैजान खोजे, दुई तीन पटकसम्म आए,’ स्टेसन म्यानेजर पौडेलले भने, ‘छेकेर छेक्ने अवस्था नै थिएन, प्रहरीलाई खबर गरे पनि आउने अवस्था रहेन, को आगो लगाउने हो, को रमिते हो, को लुटपाट गर्न आएको हो थाहै नहुने अवस्था थियो ।’

पौडेलले आफूहरूसँग कुनै माग वा असन्तुष्टि केही थियो जस्तो नलागेको तर एकाएक किन आगो लगाइयो भन्नेबारे अहिलेसम्म थाहा नपाएको बताए ।

बाहिरबाट झट्ट हेर्दा खासै केही नभएजस्तो देखिए पनि धेरै कामहरु सेन्सरबाट हुने भएकाले अत्याधिक तातोका कारण ती सबै प्रणाली बिग्रिएको उनले बताए ।

‘ड्राइभ स्टेसन ठिकै देखिए पनि भित्र धेरै क्षति भएको छ, सामानहरू बिग्रिएका छन्, केही सामान चोरेर पनि लगे, केही सामान यहीँ जले,’ पौडेलले भने, ‘झन्डै साढे ३ घण्टासम्म स्टेसनमा आगो लाग्यो, यो सबै दृश्य हेरेर बस्नुपर्ने दु:खद क्षण आयो, आगजनी गर्ने मानिसहरू गएपछि हामी ८ जनाजति स्टाफले केही पानी हालेर निभायौं ।’

पवित्र धार्मिकस्थल मौलाकाली मन्दिर दर्शन गर्न जाने झन्डै ५० प्रतिशत भक्तजन केबुलकारबाट नै मन्दिर जाने गरेका थिए । भक्तजनको भिड हुने सबैभन्दा पिक समय नै यही बेला हो ।

दशैं र तिहार जस्ता ठूला पर्वमा केबुलकार चढेर भक्तजन मौलाकाली माताको दर्शन गर्न जाने गर्दथे । ‘६० हजारभन्दा बढी यात्रु यही समयमा केबुलकारबाट मन्दिरमा पुगेको अघिल्लो वर्षको तथ्यांक छ,’ स्टेसन प्रमुख पौडेल भन्छन्, ‘यही समयमा केबुलकार नचल्दा ठूलो व्यावसायिक क्षति बेहाेर्नुपरेको छ ।’

केबुलकार नै बन्द भएपछि मौलाकाली मन्दिर नजिकै रहेको होटलको व्यवसायमा समेत असर गरेको छ । होटलको अकुपेन्सी दर निकै घटेको छ । होटल र केबुलकारमा गरेर १ सयभन्दा बढीले रोजगारी पाएका छन् । तीमध्ये अधिकांश स्थानीय छन् । अहिले उनीहरू कामविहीन छन् ।

२०८० वैशाख १८ देखि औपचारिक सुरुवात भएको मौलाकाली केबुलकारमा त्यस वर्ष २ लाख ७० हजार र २०८१ मा २ लाख ३५ हजारले यात्रा गरेको पाइएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केबुलकार बनेपछि मन्दिर आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...