मुख्य समाचार
काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ
काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ

। काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।

शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष झैं यस बर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने विभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिए ।
उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लवको अगाडी, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको छ ।

उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न हानगर प्रहरी प्रमुख पाण्डेले आग्रह गरे ।

छठ पर्व मनाउने स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गर्दै उनले उक्त स्थानहरूमा साढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए । छठ घाटका लागि तोकिएका स्थानमा भक्तजनसँग शुल्क उठाउन रोक लगाइएकाे पाण्डेले बताए ।

तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउनेक्रम बढ्दै गएको छ । उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...