मुख्य समाचार
राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य
राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य

। राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य थालिएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्‍याएको र नयाँ संसद भवन नबनीसकेकाले राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो ।

स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभा बैठक पहिले पनि कृषि समितिको हलबाट चलाइएको थियो । पछि संघीय संसद भवन नयाँबानेश्वरमा सारिएको थियो ।

‘संघीय संसद भवन आगजनीका कारण खण्डहर भएकाले हाम्रो पहिलो प्राथमिकता त सिंहदबार भित्र निर्माणाधीन नयाँ संसद भवन नै हो । तर त्यो पनि बनिसकेको छैन,’ संघीय संसद सचिवालयका प्रवक्त एकराम गिरीले भने, ‘२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार भित्रको पुरानो प्रतिनिधि सभाको भवनमा पनि प्रबलीकरणको काम भइरहेको छ । त्यसैले बढी उपयुक्त कृषि समितिको हल नै हुने देखिन्छ ।’

राष्ट्रिय सभा बैठक सुरु भएपछि युट्युबमा लाइभ गर्नुपर्ने र दर्शकहरु पनि आउन सक्ने भएकाले प्राविधिक तथा भौतिक पूर्वाधार न्यून खर्चमा कसरी तयार पार्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

‘नयाँ संसद भवन बनेपछि सर्न परिहाल्छ । त्यसैले कृषि समितिको हललाई सकेसम्म न्यून लगानीमा कसरी काम चलाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता गिरीले भने ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको छ । स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अन्तर व्यवस्थापिक संघ (आईपीयू)को १५१ औं महासभामा भाग लिन स्विटजरल्याण्डको जेनेभा जानुअघि राष्टिं«य सभा बैठक कहाँ बस्ने भन्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । अध्यक्ष दाहाल आज स्वदेश फर्किएपछि पनि यस विषयमा थप छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...