मुख्य समाचार
अमेरिकी टिभी सेलिब्रेटी किम कार्दशियनलाई ‘ब्रेन एन्युरिज्म’
अमेरिकी टिभी सेलिब्रेटी किम कार्दशियनलाई ‘ब्रेन एन्युरिज्म’

। प्रसिद्ध अमेरिकी टिभी सेलिब्रेटी किम कार्दशियनले आफ्नो स्वास्थ्यको बारेमा दिएको पछिल्लो खुलासाले प्रशंसक स्तब्ध बनेका छन् ।

उनको रियालिटी श्रृंखला ’किङ अफ द कार्दशियन्स’ को नयाँ सिजनको टिजरमा, किम एमआरआई स्क्यानरमा जाँदै गरेको र पछि परिवारलाई ’सानो एन्युरिज्म’ भएको बताउँदै गरेको देखिन्छ ।

उनकी दिदी कोर्टनी कार्दशियन यो सुनेर छक्क पर्छिन् । टिजरमा किम कार्दशियनको स्वास्थ्यको बारेमा पनि चिन्ता व्यक्त गरिएको छ ।

टिजरमा कार्दशियनले थप खुलासा गरेकी छिन् कि डाक्टरले तनावलाई एन्युरिज्मको कारण बताएका छन् । ‘डाक्टरहरूले तनावको कारण यस्तो भएको बताएका छन्’ किम भन्छिन् ।

किमले अहिले आफू कानून विषयको अध्ययनसहित विभिन्न दबाबहरूसँग जुधिरहेको बताइन् । उनले कानुन विषयको परीक्षा दिइरहेको र भावुक भएको देखाइएको छ ।

क्लिपमा, किमले आफ्ना पूर्वपति कान्ये वेस्टको पनि उल्लेख गरेकी छन् । कान्येसँग उनका ४ सन्तान छन् । उनी आफ्नो पूर्वपतिसँगको सम्बन्धविच्छेदको बारेमा पनि सोचिरहेकी देखिन्छिन् । उनी रुँदै भन्छिन्, ‘म खुसी छु कि यो सकियो । जे भए पनि, मेरो पूर्व श्रीमान मेरो जीवनमा रहिरहनेछन् । हाम्रा चार सन्तान छन् ।’ पछि, उनी निराश हुँदै थप्छिन्, ‘हिजो राती पनि म सोचिरहेकी थिएँ कि यो किन भइरहेको छ ।’

ब्रेन एन्युरिज्म भनेको के हो ?

ब्रेन एन्युरिज्म भन्नाले मस्तिष्कको रक्तनली फुल्ने वा सरल भाषामा भन्नुपर्दा, बेलुन जस्तो गाँठोलाई बुझाउँछ । मेयो क्लिनिकका अनुसार, धेरैजसो ब्रेन एन्युरिज्महरू साना हुन्छन् र गम्भीर हुँदैनन् ।

यीमध्ये धेरैजसो फुट्दैनन् । यद्यपि, एन्युरिज्म चुहिन थाल्यो वा फुट्यो भने, यसले मस्तिष्कमा रक्तस्राव निम्त्याउन सक्छ, जुन जीवनको लागि खतरा हुन सक्छ ।

जे भए पनि, यो कार्दशियनका फ्यान र परिवारको लागि चिन्ताको विषय हो । “किपिङ अप विथ द कार्दशियन्स“ को सिजन ७ को प्रिमियरको सुरुमा, उनले सोरायसिसबाट पीडित भएको खुलासा गरेकी थिइन् ।

उनले भनिन्, ‘सम्बन्धविच्छेद पछि मलाई सोरायसिस भएको छैन, र यो अचानक फिर्ता आयो । मलाई बढी तनाव महसुस भयो, सायद मलाई धेरै आवश्यक पर्ने चीजको सुरक्षा गर्नुपरेको थियो ।’

किमले आफ्ना चार छोराछोरी, नर्थ (१२), सेन्ट (९), शिकागो (७) र साम (६) लाई नकारात्मक प्रभावबाट जोगाउनुपर्ने समेत बताएकी छन् ।

उनले आफ्ना छोराछोरी हुर्किरहेको र अन्ततः आफैंले कुराहरू सिक्ने र बुझ्ने बताइन् । ‘त्यसैले आमाको रूपमा मेरो भूमिका कठिन समयमा उनीहरू सुरक्षित छन् भनी सुनिश्चित गर्नु हो’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...