मुख्य समाचार
थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर
थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन्।

थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ।


ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको 'द्वन्द्व' पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका थिए।

ट्रम्पले यो सम्झौता 'दुबै देशका लागि ठूलो सम्झौता' भएको बताएका छन्।
ट्रम्प लामो समयदेखि चलिरहेको सीमा विवाद समाधान गर्न थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए।

ट्रम्प मलेसिया आइपुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो। उनी कलाकारहरूको समूहमा गएर उनीहरूसँगै नाचगान पनि गरेका थिए।

ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यतिर थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनसम्म चलेको द्वन्द्वपछि युद्धविराम भएको हो। द्वन्द्वका क्रममा दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...
। नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको ...
: युएईले थप राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरेको छ। युएई एयरफोर्सको चार्टर्ड जहाजबाट मंगलबार राहत तथा उद्धार सामग्री ल्याइएको हो। नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई करिब ४० टन राहत सामग्री हस्तान्तरण गरेका हुन्। युएईले राहतसँगै उद्धारका सामग्रीहरू प्रदान गरेको जनाएको छ। युएईले यसअघि करिब ६० टन ...
: भोटेकोशी बाढी पीडितका लागि नर्वे सरकारले राहत सामग्री पठाएको छ। सोमबार कतार एयरवेजको नियमित उडानबाट १८०० केजी राहत र मेडिकल सामाग्री काठमाडौं आएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, ...