मुख्य समाचार
थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर
थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन्।

थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ।


ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको 'द्वन्द्व' पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका थिए।

ट्रम्पले यो सम्झौता 'दुबै देशका लागि ठूलो सम्झौता' भएको बताएका छन्।
ट्रम्प लामो समयदेखि चलिरहेको सीमा विवाद समाधान गर्न थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए।

ट्रम्प मलेसिया आइपुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो। उनी कलाकारहरूको समूहमा गएर उनीहरूसँगै नाचगान पनि गरेका थिए।

ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यतिर थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनसम्म चलेको द्वन्द्वपछि युद्धविराम भएको हो। द्वन्द्वका क्रममा दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन्। घटनामा कसैको पनि मृत्यु नभएको अधिकारीहरूले बताएका छन्। अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले एक विज्ञप्तिमा भनेको छ,ʻपहिलो घटनामा नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमित्जबाट उडान भरेपछि दक्षिण चीन सागरमा एमएच–६० सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।ʼ विज्ञप्तिमा हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको भ्रमणमा छन्। त्यहाँ उनका विरुद्धमा विरोध प्रदर्शन भएको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको छ। समाचार एजेन्सी एएफपीको भिडियोमा प्रदर्शनकारीले ट्रम्पविरुद्ध नाराबाजी गरिरहेको देखियो। धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ʻट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैनʼ लेखिएको ब्यानर प्रदर्शन गरे। ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन्। मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र ...
: पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले वार्ताबाट समस्या समाधान नभए अफगानिस्तानसँग 'खुला युद्ध' हुने बताएका छन्। बीबीसी उर्दूका अनुसार सियालकोट शहरमा मिडियासँग कुरा गर्दै ख्वाजा आसिफले कतार र टर्कीले अफगान तालिबानसँग धेरै इमान्दारीपूर्वक वार्ता गरिरहेको बताए। पाकिस्तानी रक्षामन्त्रीले कतारमा भएको वार्तापछि कुनै पनि घटना नभएको बताएका छन्। उनले भने, 'उनीहरू (अफगान तालिबान) सँगको हाम्रो वार्तामा उनीहरू शान्ति ...
: पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २०२८ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने बताएकी छन्। उनले बीबीसीसँग आफू सम्भवतः एक दिन अमेरिकाको राष्ट्रपति बन्न सक्ने बताइन्। उनले एक दिन एक महिला राष्ट्रपति भएर ह्वाइट हाउसमा प्रवेश गर्ने बताइन्। उनले भनिन्,ʻमेरो इनिङ अझै सकिएको छैन। म फेरि राष्ट्रपतिको उम्मेदवार बन्न सक्छु।ʼ डोनाल्ड ट्रम्पसँग हारेपछि ह्यारिसले २०२८ मा ...
। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पुन: राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन् । सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् । पराजयपछि पहिलोपटक बीबीसीलाई दिएको अन्तर्वार्तामा ह्यारिसले भनिन्, ‘मेरो समय अझै सकिएको छैन । म सम्भवत: फेरि एकदिन राष्ट्रपति बन्न सक्छु ।’ ६१ वर्षकी ह्यारिसले ...