मुख्य समाचार
जंगली हात्तीको समूहले आतंक मच्चाउन थालेपछि पाक्न लागेको धानबालीमा ठूलो क्षति
जंगली हात्तीको समूहले आतंक मच्चाउन थालेपछि पाक्न लागेको धानबालीमा ठूलो क्षति

: सुनसरीको बराहक्षेत्र नगरपालिकाको विभिन्न स्थानमा जंगली हात्तीको समूहले आतंक मच्चाउन थालेपछि पाक्न लागेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। हप्ता दिनअगाडि जंगली हात्ती मानव बस्तीमा र खेतबारीमा प्रवेश गरी आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

जंगली हात्ती बराहक्षेत्र नगरपालिकाको–२, ३, ४, ५, ६ र ७ नम्बर वडामा पसेर किसानको धानबालीमा क्षति पुर्‍याएका छन्।
वडा नम्बर–२ पुनर्बास, वडा नम्बर–५ को सिमरवना र वडा नम्बर–३ को नडाहा क्षेत्रमा भारतबाट आएका जंगली हात्तीको झुन्डले स्थानीय किसानहरूको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। करिब ५० भन्दा बढी हात्तीको समूहले राति मानव बस्ती र खेतबारीमा पसेर पाक्न लागेको धानबाली, तरकारी र फलफूल नष्ट गरेको स्थानीय बासिन्दाले बताए। हात्तीको आक्रमणमा परी यहाँका २ जना नागरिकले ज्यान गुमाइसकेका छन्।


इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले जंगली हात्तीको समूहले बराहक्षेत्रका जब्दी, पुनर्बास, रेल्वे, नडाहा, सिमरवना, अमाहालगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताए। भारतको जंगलतर्फबाट आएका हात्तीहरू पछिल्ला केही दिनदेखि निरन्तर स्थानीय बस्तीमा पस्दै आएका छन्। उनीहरूले खेतमा भएको धानबाली, तरकारी, फलफूल र स्थानीयका घरमा समेत आक्रमण गरी क्षति पुर्‍याएको कुँवरले बताए।

स्थानीय किसानहरूले १५ बिघाभन्दा बढी खेतमा पाक्न लागेको धान हात्तीले नष्ट गरेपछि आर्थिक नोक्सानी बढेको छ। ‘हामीले धेरै मिहिनेत गरेर लगाएको धानबाली जंगली हात्तीले नष्ट गरेको छ, ‘स्थानीय किसान रमेश खड्काले बताए। उनले हात्तीपीडित किसानहरूलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। ‘हात्तीको विध्वंस रोक्न तुरुन्त प्रभावकारी कदम चाल्नुपर्छ नत्र हामीजस्ता साना किसानको जीविकोपार्जन नै संकटमा पर्छ,’ खड्काले भने।

मानव बस्ती र किसानका खेतबारीमा हात्तीले यत्रो क्षति पुर्‍याउँदा समेत जिल्ला वन कार्यालयले अहिलेसम्म नियन्त्रणमा चासो देखाएको छैन। बराहक्षेत्र नगरपालिका–२ का वडाध्यक्ष होम गौतमले भने, ‘५० भन्दा बढीको संख्यामा आएका जंगली हात्तीले मानव बस्ती र खेतबारीमा प्रवेश गरी बाली नष्ट गरे पनि जिल्ला वन कार्यालयले कुनै ठोस कदम चालेको छैन। हात्ती नियन्त्रणमा सरकारले बजेट उपलब्ध गराएको भए पनि त्यसको प्रयोग गरी नियन्त्रण कार्यमा बेवास्ता गरिएको छ। यसले गर्दा नागरिक असुरक्षित बनेका छन्,’ गौतमले भने।

जंगली हात्तीको बस्ती र खेततर्फको बढ्दो प्रवेश मानव बस्ती र वन क्षेत्रको दूरी नजिक भएका कारण जंगली हात्तीले बारम्बार दुःख दिने गरेको बागेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष युवराज श्रेष्ठले बताए। वन क्षेत्र र मानव बस्तीबीचको दूरी कम हुँदा हात्तीले आहाराको खोजीमा बस्ती प्रवेश गर्ने गरेका छन्। दीर्घकालीन नियन्त्रणका लागि वन संरचना मजबुत बनाउन र किसानसँग समन्वय गर्न आवश्यक रहेको अध्यक्ष श्रेष्ठको सुझाव छ।

बराहक्षेत्रमा हात्तीको आतंकले किसानहरूमा मात्र असर पारेको छैन; यसले स्थानीय अर्थतन्त्रलाई समेत कमजोर पारेको छ। धेरै परिवार धान बिक्री गरेर आफ्नो जीवनयापन चलाउँछन्। बाली नष्ट भएपछि किसानको आयस्रोतमा ठूलो क्षति पुगेको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए। नागरिकहरूको सुरक्षा र बाली संरक्षण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयसँग समन्वय गरी हात्ती धपाउने काम भइरहेको कार्कीले बताए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले हात्ती आतंक नियन्त्रणका लागि जिल्ला वन कार्यालय र प्रहरीलाई आवश्यक निर्देशन दिइएको र उनीहरूले काम गरिरहेको बताए। उनले प्रभावित क्षेत्रमा प्रहरी र डिभिजन वन कार्यालयको टोलीले स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन
गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजनालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको छ। ...
: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थाको जग्गामा बनाइएका घरटहरामा डोजर चलाएको छ। गुठीको जग्गामा अवैध ढंगले घर टहरा बनाएपछि महानगर प्रहरीले डोजर लगाएर भत्काएको हो।
: नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी समूहको एजेण्डा पूरा गर्नुपर्ने बताएका छन्। पार्टीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा आफूहरूले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएको बताए। जेनजी आफ्ना उत्तराधिकारी भएको बताउँदै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहने बताए। उनले भने,' केपी ओलीको ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एसियाले पुनः व्यावसायिक उडान थालेको छ। २०८१ कात्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थगित गरेको थियो। कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिनाअघि नै स्वीकृत भएसँगै आइतबारबाट उडान सेवा ...
: सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्त्तिक १४ गते अदालत उपस्थित गराउन आदेश दिएको हो। राजदूत फिर्ताको निर्णय लिइएको बारे स्पष्ट पार्न सरकारलाई झिकाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। ' यसमा के कसो भएको हो ...