मुख्य समाचार
सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश
सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश

: सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्त्तिक १४ गते अदालत उपस्थित गराउन आदेश दिएको हो।



राजदूत फिर्ताको निर्णय लिइएको बारे स्पष्ट पार्न सरकारलाई झिकाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। ' यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित जवाफ लिइ आउनुहोला होला,' आदेशमा भनिएको छ।


असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो।


सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

रिटमा अन्तरिम आदेशको माग गरिएको छ । कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको रिट निवेदकको दावी छ ।
नयाँ राजनीतिक परिस्थितमा अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता गर्ने प्रचलन यसअघि भए पनि चुनाव गर्नुपर्ने मूल म्याण्ड‍ेट पाएको सरकारले राजदूतलाई बोलाउने र नयाँ नियुक्ति गर्ने खेलमा लाग्नु अस्वभाविक मात्रै नभइ संविधान र राजनीतिक म्याण्डेटको समेत बर्खिलाफ भएको रिट निवेदकको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजनालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको छ। ...
: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थाको जग्गामा बनाइएका घरटहरामा डोजर चलाएको छ। गुठीको जग्गामा अवैध ढंगले घर टहरा बनाएपछि महानगर प्रहरीले डोजर लगाएर भत्काएको हो।
: नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी समूहको एजेण्डा पूरा गर्नुपर्ने बताएका छन्। पार्टीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा आफूहरूले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएको बताए। जेनजी आफ्ना उत्तराधिकारी भएको बताउँदै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहने बताए। उनले भने,' केपी ओलीको ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एसियाले पुनः व्यावसायिक उडान थालेको छ। २०८१ कात्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थगित गरेको थियो। कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिनाअघि नै स्वीकृत भएसँगै आइतबारबाट उडान सेवा ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय