मुख्य समाचार
मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली
मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको भ्रमणमा छन्। त्यहाँ उनका विरुद्धमा विरोध प्रदर्शन भएको छ।

मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको छ।


समाचार एजेन्सी एएफपीको भिडियोमा प्रदर्शनकारीले ट्रम्पविरुद्ध नाराबाजी गरिरहेको देखियो।

धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ʻट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैनʼ लेखिएको ब्यानर प्रदर्शन गरे।

ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन्।

मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो पारस्परिक सीमा विवादमा ʻशान्ति सम्झौताʼमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...
। नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको ...
: युएईले थप राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरेको छ। युएई एयरफोर्सको चार्टर्ड जहाजबाट मंगलबार राहत तथा उद्धार सामग्री ल्याइएको हो। नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई करिब ४० टन राहत सामग्री हस्तान्तरण गरेका हुन्। युएईले राहतसँगै उद्धारका सामग्रीहरू प्रदान गरेको जनाएको छ। युएईले यसअघि करिब ६० टन ...
: भोटेकोशी बाढी पीडितका लागि नर्वे सरकारले राहत सामग्री पठाएको छ। सोमबार कतार एयरवेजको नियमित उडानबाट १८०० केजी राहत र मेडिकल सामाग्री काठमाडौं आएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, ...