मुख्य समाचार
अस्पतालको गल्तीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड र आगजनी
अस्पतालको गल्तीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड र आगजनी

: नियमित चेकजाँचपछि सुत्केरी गराउन अस्पताल भर्ना भएकी खोटाङकी मीना राईको शुक्रबार राती मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव भएको छ। अस्पतालको गल्तीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड र आगजनी गरेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन्। अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीले अस्पतालमा ढुंगामुढा गरेका थिए।


स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। अस्पतालमा तोडफोड र आगजनी गर्नेविरुद्ध लाठीचार्ज पनि भएको थियो। प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरबितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्याँस समेत प्रहार गरेको प्रवक्ता जोशीले बताए।


अस्पताल प्रशासनले भने सुत्केरी भइसकेपछि उच्च रक्तस्राव भएका कारण मिनाको मृत्यु भएको बताएको छ। शुक्रबार साँझ उनले छोरीलाई जन्म दिएकी थिइन्। बच्चाको अवस्था सामान्य रहेको छ।
अस्पताल प्रशासनले मृतकका आफन्तसँग पटकपटक वार्ता गर्ने प्रयास गरेको थियो। तर वार्ता सफल भएन। सोमबार दिउँसो पीडित परिवारले प्रशासनको रोहवरमा वार्ता गर्ने भन्दै विरोध गरिरहेका थिए। यसका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा वार्ता गरेर पीडितका माग पुरा गर्नुपर्ने उनीहरूले बताएका छन्।

के भएको थियो किष्ट अस्पतालमा ?
प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिना राई नियमित रूपमा किष्ट अस्पतालमै चेकजाँच गराइरहेकी थिइन्। चिकित्सकले दिएको मितिमै गत शुक्रबार बिहान ९ बजेतिर उनी अस्पताल पुगेकी थिइन्। सोही दिन राती ९ बजे छोरीलाई जन्म दिएकी मिनाको सुत्केरी भएपश्चात् रक्तस्राव रोकिएको थिएन। मृतकका आफन्तका अनुसार उपचारका क्रममा उनको २ पटक अपरेसन गरिएको थियो। अस्पतालमै इन्टर्नसिप गरिरहेका डाक्टरले सुत्केरी गराउँदा लापरबाही गरेर सुत्केरीको मृत्यु भएको पीडित परिवारको आरोप छ।

नर्मल डेलीभर भएर छोरीलाई जन्म दिएकी मिनाको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेका हुन्। शनिबार, आइतबार र सोमबार पनि उनीहरूले अस्पताल परिसरमा प्रदर्शन गरे। मृत्युको कारण थाहा पाउन पटकपटक अस्पताल प्रशासनमा अनुरोध गर्दा अस्पतालले बल प्रयोग गरेको मृतकका आफन्तको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार बालकसहित दुई जना घाइते भएका छन् । बुलेटको ठक्करवाट मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । घाइते हुनेमा स्कुटरमा सवार केदारकी २८ वर्षीया पत्नी सरस्वति श्रेष्ठ र २ ...
— जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकमा हुनेछ । आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री गौतमका अनुसार केएमसी अस्पतालले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र तीमध्ये २ जना अहिले पनि ...
— पछिल्लो समय ताप्लेजुङका हिमाल आरोहणमा आरोही र पर्यटकको उत्साह बढेको देखिएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड ...