मुख्य समाचार
इंग्लिस प्रिमियर लिगमा टोटनहमले एभरटनलाई ३–० ले पराजित
इंग्लिस प्रिमियर लिगमा टोटनहमले एभरटनलाई ३–० ले पराजित

— इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति एभरटनलाई ३–० ले पराजित गरेको छ र लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।


टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । यो जितपछि टोटनहमको ९ खेलबाट १७ अंक भएको छ र उसले आफ्नो उत्तरी लन्डन क्लब प्रतिद्वन्द्वी आर्सनललाई पछ्याइरहेको छ ।

आर्सनल भने ९ खेलबाट २२ अंकमा पहिलो स्थान छ । उनीहरूको बीचमा बर्नमाउथ १८ अंकमा रहेको छ । आर्सनलले दिनको सुरुमा क्रिस्टल प्यालेसलाई १–० ले हराएको थियो र यससँगै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको थियो । इमिरेट्समा भएको खेलमा इबेरची इजीले निर्णायक गोल गरे ।

बर्नमाउथले भने नटिङघम फरेस्टमाथि २–० को जित रच्यो । म्यानचेस्टर सिटी भने एस्टन भिल्लाको हातबाट १–० ले पराजित रह्यो र त्यसमा निर्णायक गोल गर्ने खेलाडी रहे, म्याट क्यास । यस्तै बर्नलीले उल्भ्सलाई रोमाञ्चक खेलमा ३–२ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...