मुख्य समाचार
अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी
अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी

— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ ।


चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो रकम २०८१/८२ को पहिलो तीन महिनाको तुलनामा १९.७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्बको वस्तु आयात भएको थियो ।

तीन महिनामा निर्यातसमेत बढेको छ । साउन–असोजमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष पहिलो तीन महिनामा ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको थियो ।

विभागका अनुसार कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ । आयातको हिस्सा भने ८६.५४ प्रतिशत रहेको विभागको तथ्यांक छ । आयात र निर्यात बढेपछि वैदेशिक व्यापार घाटा पनि २६.०४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ थियो । चाडपर्वले लत्ताकपडालगायत वस्तुको आयात बढेको छ, जसले आयात र निर्यातको खाडल बढेको हो ।



आयात हुने मुख्य वस्तुमा कच्चा भटमासको तेल छ । विभागका अनुसार तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँको अप्रशोधित भटमासको तेल आयात भएको छ । तेस्रो मुलुकबाट आयात हुने सोयाबिन कच्चा पदार्थ नेपालमा प्रशोधन भएर भारत निर्यात गरिन्छ । जानकारका अनुसार निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायी सोयाबिन तेल स्वदेशमा बिक्रीभन्दा भारतमै निर्यात गर्न रुचाउँछन् ।

यस्तै २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँ बराबरको २ लाख २७ हजार ३४८ किलोलिटर डिजेल आयात भएको विभागको तथ्यांक छ । १७ अर्ब ११ करोड २९ लाख रुपैयाँको डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट, १६ अर्ब ७६ करोड ८७ लाख रुपैयाँको पेट्रोल, १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपीजी ग्यास, १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन, १२ अर्ब ५१ करोड ६४ लाख रुपैयाँको फलाम आयात भएको छ । ८ अर्ब ८३ करोड रुपैयाँको सुन १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ र फलाम तथा स्टिलका उत्पादन आयात भएको विभागको तथ्यांक छ ।

आयातमा अप्रशोधित भटमासको तेल पहिलो नम्बरमा भएजस्तै निर्यातमा समेत सोही वस्तु अघि छ । तीन महिनामा ३० अर्ब ६९ करोड ७८ लाखको प्रशोधित भटमास तेल निर्यात गरिएको विभागको तथ्यांक छ । २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको गलैंचा, २ अर्ब १३ करोड ९५ लाख रुपैयाँको सूर्यमुखीको बीउ र तेल र १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँको फेल्टका अन्य सामग्री निर्यात भएको छ । १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँको रिफाइन्ड पाम तेल, १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँको अलैंची, १ अर्ब ५९ करोड १ लाख रुपैयाँ जुट तथा अन्य धागोबाट बुनेको कपडा, १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँको धागो र १ अर्ब २७ करोड २० लाख रुपैयाँको मिश्रित जुस निर्यात भएको छ ।

पछिल्लो समय लगानीका लागि सुरक्षित मानिने सुनमा व्यवसायी आकर्षित भइरहेका छन् । त्यही कारण नेपालमा समेत सुनको आयात बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा सय किलो सुन आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ६ सय किलो सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ६ सय १ किलो सुन आयात भएको छ । यसबाट सरकारले १ अर्ब २ करोड ५३ लाख राजस्व उठाएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँको १ सय किलो सुन आयात भएको थियो । वाणिज्य बैंकहरूले काँचो सुन आयात गर्छन् भने व्यवसायीहरूले उक्त सुन खरिद गरी गरगहना बनाई बेच्‍छन् । गत असोजमा राष्ट्र बैंकले सुनको आयात कोटा दिनहुँ ५ किलो बढाइदिएको थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा ७ करोड १५ लाख रुपैयाँको सुनका गरगहना आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा १४ करोड ७३ लाख रुपैयाँको सुनका गरगहना आयात भएको थियो । चालु वर्षको सोही अवधिमा २० करोड १३ लाखको १ हजार किलो चाँदी आएको छ । १ अर्ब ६१ करोड ३४ लाखको ८ हजार १ सय ३० किलो चाँदीको धूलो आयात भएको छ । गत वर्षको तीन महिनामा ७३ करोड १६ लाख रुपैयाँको ५ हजार ४ सय ६५ किलो चाँदीको धूलो आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...