मुख्य समाचार
भदौ २४ गते प्रदर्शनका क्रममा अपशब्द बोलेपछि आलोचित बनिरहेका निर्देशक अमन प्रताप अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागे
भदौ २४ गते प्रदर्शनका क्रममा अपशब्द बोलेपछि आलोचित बनिरहेका निर्देशक अमन प्रताप अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागे

— भदौ २४ गते प्रदर्शनका क्रममा अपशब्द बोलेपछि आलोचित बनिरहेका निर्देशक अमन प्रताप अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका छन् ।


एक भिडियो पोस्टमार्फत उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध त्यस्तो शब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफी मागेका हुन् । चर्चित फुटबल कमेन्टेटरसमेत रहेका अधिकारी ‘पोइट आइडल’ नामक रियालिटी शोका निर्देशकसमेत हुन् ।

अधिकारीले फेसबुकमा २४ भदौ अपराह्न ५ः५२ बजे उक्त विवादित भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए । ‘ल हेर अब... (अपशब्द) संसद् भवनभित्र पूरै... सकियो... चोर...(अपशब्द) भुसियाहरू... छोराहरू... नेताको नाममा...(अपशब्द) लुटपाट... सकियो हेर त्यहाँ, तेरो देश सकियो, तेरो राज्य ...(अपशब्द) को छोराहरू... अब... सकियो... सबको पालो आउँछ...चोरी घुसखोरी... सब डढा अब...(अपशब्द) सबको ज्यान जान्छ... सक्यो... सक्यो... सक्यो...’ जस्ता अपाच्य शब्दहरू बोलेका थिए ।

अमननप्रतापले सोमबार बिहान जारी गरेको भिडियोमा भनेका छन्, ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । ...गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ ।’ त्यो आक्रोशमा अपशब्द बोलेकोमा उनले माफी मागेका छन् ।

‘अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ,’ उनले भने । अधिकारीले आफूले संसद् भवन वा कुनै पनि भवन जलाएको वा हातपात गरेको प्रमाण भेटेमा जेल जान तयार रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार बालकसहित दुई जना घाइते भएका छन् । बुलेटको ठक्करवाट मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । घाइते हुनेमा स्कुटरमा सवार केदारकी २८ वर्षीया पत्नी सरस्वति श्रेष्ठ र २ ...
— जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकमा हुनेछ । आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री गौतमका अनुसार केएमसी अस्पतालले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र तीमध्ये २ जना अहिले पनि ...
— पछिल्लो समय ताप्लेजुङका हिमाल आरोहणमा आरोही र पर्यटकको उत्साह बढेको देखिएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड ...