मुख्य समाचार
दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त
दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त

: दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन्। घटनामा कसैको पनि मृत्यु नभएको अधिकारीहरूले बताएका छन्।



अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले एक विज्ञप्तिमा भनेको छ,ʻपहिलो घटनामा नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमित्जबाट उडान भरेपछि दक्षिण चीन सागरमा एमएच–६० सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।ʼ

विज्ञप्तिमा हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यको उद्धार गरेर सुरक्षित रूपमा बाहिर निकालिएको उल्लेख गरिएको छ।


करिब आधा घण्टा पछि नियमित अपरेशनको क्रममा यूएसएस निमित्जबाट उडान भर्ने क्रममा बोइङ एफरए–१८एफ सुपर हर्नेट लडाकु जेट पनि दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकी नौसेनाले बताएको छ।

अमेरिकी नौसेनाको अनुसार लडाकु विमानमा रहेका दुवै चालक दलका सदस्य आफैँ बाहिर निस्किएको बताएको छ। दुवै घटनाको कारण अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको भ्रमणमा रहेका बेला दुवै घटना भएका हुन्। ट्रम्प सोमबार जापान आइपुगेका थिए। उनले पहिले इन्डोनेसियामा समय बिताएका थिए।

यस वर्षको सुरुमा अमेरिकी नौसेना विमानवाहक ह्यारी एस. ट्रुम्यानको सञ्चालनको क्रममा मध्य पूर्वमा दुई अमेरिकी लडाकु विमान हराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...