मुख्य समाचार
अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

: अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति भएको छ। यसबारे यसै हप्तामा दुई देशका नेताहरूबीचको बैठकमा छलफल हुने जनाइको छ। यस विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्।



बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै बेसेन्टले व्यापार सम्झौतामा टिकटकको अमेरिकी सञ्चालनमा 'अन्तिम सम्झौता' र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणहरू स्थगित गर्ने निर्णय समावेश छ।


उनले अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा प्रस्ताव गरेको १०० प्रतिशत कर लागू हुने सम्भावना कम रहेको पनि बताए। उनका अनुसार चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद पुनः सुरु गर्नेछ।



दुबै देशहरू विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच चलिरहेको व्यापार युद्धलाई थप चर्किनबाट रोक्न प्रयासरत छन्। राष्ट्रपति ट्रम्प एसियाको एक हप्ता लामो भ्रमणमा छन्। यस क्रममा उनले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...