मुख्य समाचार
मन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन्
मन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन्

— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् ।


सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री गौतमका अनुसार केएमसी अस्पतालले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र तीमध्ये २ जना अहिले पनि उपचाररत रहेका छन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको र दुवैको अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘केएमसीले ८३ जना जेन–जी घाइतेहरूको उपचार गरिसकेको रहेछ । अहिले मैले दुई जना बिरामी हेरेँ, अरू सबै निको भएर फर्किएका रहेछन् । एक महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको रहेछ, त्यो देख्दा साह्रै दुःख लाग्यो । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ, उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले निकै राम्रो काम गरेको रहेछ । यत्रो शहीद र घाइतेहरूको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । सुशासनको मुद्दा हामीले बिर्सनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार बालकसहित दुई जना घाइते भएका छन् । बुलेटको ठक्करवाट मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । घाइते हुनेमा स्कुटरमा सवार केदारकी २८ वर्षीया पत्नी सरस्वति श्रेष्ठ र २ ...
— जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकमा हुनेछ । आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ...
— पछिल्लो समय ताप्लेजुङका हिमाल आरोहणमा आरोही र पर्यटकको उत्साह बढेको देखिएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरिस्टाइड ...
— सन्तानको दीघार्यूको कामना गर्दै तराई–मधेशमा विशेष हर्षोल्लासले मनाइने छठ पर्व ‘धार्मिक पर्यटन’को केन्द्र पनि बनेको छ । जलाशयको आकर्षक सजावटले जनकपुरमा झन् छठ पर्व हेर्न आउने आन्तरिक र बाह्य पर्यटकको भीड लाग्छ । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई जलाशयबाटै अर्घ्य दिइनेछ । छठ पर्वका लागि जनकपुरको जलाशयलाई आकर्षक पण्डालले सजाइएको ...