मुख्य समाचार
नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध
नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध

: नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए।



कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। ‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं’, निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन्। त्यसैले हामीलाई पक्कै फाइदा पुग्नेछ।’


कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्सवाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपीएल खेल्दैछन्। ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टीट्वेन्टी खेल खेलिसकेका छन्। जसमा उनले दुई हजार तीन सय नौ रन बनाएका छन्। उनले एक शतक र १६ अर्धसतक बनाएका छन्। कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा अविजित एक सय ३३ रन बनाएका थिए। उनले नेदरल्यान्ड्सका लागि ६५ एकदिवसीय खेलमा दुई हजार एक सय ५३ रन बनाइसकेका छन्।



दोस्रो संस्करणका लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट नोभेम्बर ५ मा आयोजना गर्दैछ। २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम