मुख्य समाचार
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट शून्य वैदेशिक व्यापार
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट शून्य वैदेशिक व्यापार

। पोखरा र भैरहवास्थित दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा वैदेशिक व्यापार सुरु नै हुन नसकेको देखिएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा दुवै विमानस्थल आन्तरिक उडानमा सीमित छन् । जसले गर्दा वैदेशिक व्यापारमा समेत यी विमानस्थलले योगदान दिन नसकेको देखिएको छ ।

भन्सार विभागका अनुसार नेपालमा पहिलो त्रैमासमा कुल २८ भन्सार बिन्दुबाट मात्र अन्तर्राष्ट्रिय व्यापार भएको छ । जसमध्ये विमानस्थल भन्सारको व्यापार काठमाडौंमा मात्र केन्द्रित देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भने असोजसम्म ६३ अर्ब रुपैयाँ बराबर आयात–निर्यात भएको छ । यस विमानस्थलबाट ५३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ भने ९ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


अन्य व्यापार भने स्थलमार्गबाटै भएको छ । तीन महिनामा नेपालले कुल ४ खर्ब ६८ अर्बको वस्तु आयात गरेको छ । ७२ अर्ब ७८ करोड रुपैयाँ बराबर वस्तु निर्यात गरेको छ ।

कुन नाकाबाट हुन्छ धेरै आयात–निर्यात ?

तीन महिनाको तथ्यांक अनुसार वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै आयात–निर्यात हुने गरेको छ । यो नाकाबाट २ खर्ब १८ अर्ब ८१ करोडको वस्तु आयात भएको छ । जुन कुल आयातको ४६.७५ प्रतिशत हो ।

यस नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३६.१८ प्रतिशत व्यापार हो ।

भैरहवा नाकाबाट ७१ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ । ७ अर्ब ४४ करोडको निर्यात भएको छ । विराटनगरबाट ५८ अर्ब ७६ करोडको आयात हुँदा २१ अर्ब ६६ करोडको निर्यात भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए । ‘पहिले पनि आयोगमा गएका थियौं ...