। स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।
बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे ।
सिमिओनीले खेलको तेस्रो मिनेटकै कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै बाएनाले पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा गोल गरे ।
जितपछि १० खेलबाट १९ अंक जोडेर एट्लेटिको चौथो स्थानमा उक्लेको छ । समान खेलबाट बेटिस १६ अंकसहित छैटौं स्थानमा छ । ला लिगामा रियल मड्रिड २७ अंकसहित शीर्ष स्थानमा छ भने बार्सिलोना २२ अंकसहित दोस्रो र भियारियल २० अंकहित तेस्रो स्थानमा छ ।