मुख्य समाचार
मन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
मन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धकासाथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु। नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्।’


बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बंगलादेश) का लागि मार्गचित्र विषयमा मुख्य/विशेष वक्ताका रूपमा मंगलबार सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतका रूपमा रहेको बताए। नेपालको जलविद्युत यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको उनले उल्लेख गरे।



जलविद्युत उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे।

उनले क्षेत्रीय र विश्वव्यापी रूपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबीच नवीकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने बताए।

सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जा भिजनको मुटुमा रहेको उल्लेख गर्दै घिसिङले विद्युतको प्रभावकारी क्षेत्रीय एकीकरण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक)मा आबद्ध मुलुकहरू बीचको पूर्ण आबद्ध ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र होइन, भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार पनि सुदृढ गर्न अत्यावश्यक रहेकोमा जोड दिए।

उनले जलवायु परिवर्तनका विद्युत प्रणाली र जीविकोपार्जनमा परिरहेको गम्भीर क्षतिलाई सम्बोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझै सुदृढ बनाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए । ‘पहिले पनि आयोगमा गएका थियौं ...