मुख्य समाचार
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि

: नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि बिहीबार हुने भनी तय गरिएको मैत्रीपूर्ण खेल एक दिन अगाडि सारिएको हो।

नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्। सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती झापा गोल्ड कपका लागि झापा आएकी हुन्।


मैत्रीपूर्ण खेल सिक्किममा हुँदैछ। खेलले फिफा अन्तर्राष्ट्रियको मान्यता भने पाएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ । बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे । सिमिओनीले खेलको तेस्रो मिनेटकै कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै बाएनाले पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा गोल गरे ...
: इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई घरेलु मैदानमा हराएको छ। सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको हो। कप्तान साबित्रा भण्डारीको दुई गोलमा नेपालले भारतलाई उसकै घरमा हराएको छ। खेलको दोस्रो मिनेटमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुईजना डिफेन्डर र गोलकिपरलाई ...
। बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो । श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्‍यो । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालको लिगमा यो चौथो हार ...
: नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए। कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको ...
— इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति एभरटनलाई ३–० ले पराजित गरेको छ र लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । यो जितपछि टोटनहमको ९ खेलबाट १७ अंक भएको छ र उसले आफ्नो उत्तरी लन्डन क्लब प्रतिद्वन्द्वी आर्सनललाई पछ्याइरहेको छ । आर्सनल भने ९ खेलबाट २२ अंकमा ...