मुख्य समाचार
शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताए
शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताए

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौं ।’

जेनजी आन्दोलन गत भदौ २३ र २४ गते भएको थियो । २३ गते प्रहरीको गोली लागेर २२ जना बालबालिकाको मृत्यु भएको थियो । बालबालिकाको मृत्यु भएको आक्रोशमा २४ गते देशभर प्रदर्शन हुँदा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको घरमा समेत आगजनी र तोडफोड भएका छन् ।

यस सन्दर्भमा एमाले महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् । उनी अगाडि थप्छन्, ‘देश जलिरहेको बेला आरोप-प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए । ‘पहिले पनि आयोगमा गएका थियौं ...