मुख्य समाचार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन

: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन दिएको छ । कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि मंगलबार आयोगमा निवदेन दर्ता गरेको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको उनले बताए ।


उनले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चुनौति र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा राखे । यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढंगको समझदारी आवश्यक रहेको उनले बताए । विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसँगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए।


सो क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । कानुनभित्र रहेका जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने उनले बताए । उनले सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन विथोलिन सक्ने भएकाले आयोग यसप्रति सहज रहेको धारणा राखे।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । प्राप्त निवदेनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए । ‘पहिले पनि आयोगमा गएका थियौं ...