मुख्य समाचार
जमैकामा शक्तिशाली समुद्री आँधी, राजधानी क्षेत्रका बस्ती खाली गरियो
जमैकामा शक्तिशाली समुद्री आँधी, राजधानी क्षेत्रका बस्ती खाली गरियो

। अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा राखिएको छ ।

२८२ किलोमिटर प्रतिघण्टाको हावाको गतिका साथ बहने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भनेका छन् ।

यो आँधी अझ तीव्र गतिका साथ मंगलबार बिहानै क्यारिबियन टापुको तटमा अवतरण गर्ने बताइएको छ ।

यसको असरले जमैकामा तीन जनाको मृत्यु भइसकेको छ । यसैगरी हाइटी र डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

विशेषज्ञहरूले मेलिसाको प्रभावले केही क्षेत्रमा लामो समयसम्म मुसलधारे वर्षा गराउन सक्ने चेतावनी दिएका छन्, जसले घातक बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान छ ।

अमेरिका–आधारित राष्ट्रिय हुरिकेन केन्द्र (एनएचसी) को पछिल्लो डेटाले अधिकतम हावा र न्यूनचापीय क्षेत्रको हिसाबले मेलिसा यो वर्ष विश्वकै सबैभन्दा शक्तिशाली आँधी रहेको देखाउँछ । यो सन् १८५१ देखि समुद्री आँधीको रेकर्ड राख्न थालेदेखि जमैकामा आएको सबैभन्दा शक्तिशाली सावित हुनसक्ने सीबीएस न्यूजले जनाएको छ ।

एनएचसी निर्देशक माइकल ब्रेननले जमैकावासीलाई घर बाहिर ननिस्कन र सुरक्षित तरिकाले बस्न अनुरोध गरेका छन् ।



जमैकाली सरकारले राजधानी किङ्स्टनका केही भाग खाली गराएको छ । बीबीसीसँगको अन्तर्वार्तामा जमैकाली शिक्षा मन्त्री डाना मोरिस डिक्सनले भनेकी छन्, ‘हामीले कहिल्यै नदेखेको प्रकारको आँधी आउँदै छ ।’

‘अक्टोबरभरि वर्षा भइरहेको छ । त्यसैले जमिन पहिल्यै पूरै भिजिसकेको छ । फेरि धेरै वर्षा हुँदा बाढी र पहाडी क्षेत्रमा पहिरो जाने खतरा छ,’ उनले भनेकी छन् । उनका अनुसार प्रभावित व्यक्तिहरुलाई राख्न ८८१ आश्रयस्थल तयार पारिएको छ ।

गम्भीर आँधीमा तथ्यांक संकलन गर्ने हुरिकेन हन्टर विमानको उडान मेलिसाको तीव्र गतिका कारण रोकिएको छ ।

जमैकाका प्रधानमन्त्री एन्ड्रयू होल्नेसले पनि एक्समार्फत् सूचना प्रवाह गर्दै हरेक जमैकावासीलाई आँधीको समयमा घरभित्रै बस्न र उद्धारकर्ताको निर्देशन पालना गर्न अनुरोध गरेका छन् । ‘हामी यो आँधी सामना गर्नेछौं र अझ बलियो भएर पुनर्निर्माण गर्नेछौं,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...