। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् ।
जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी ।
केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले गत असोज २४ गते आधिकारिता पाएको थियो । दीपककुमार साह अध्यक्ष रहेको जनस्वराज पार्टीले गत असोज २८ गते आधिकारिता पाएको थियो ।
अन्य विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । थप दलहरू पनि दर्ताको प्रक्रियामा जाँदैछन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु आजै दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग जाँदै छन् ।
निर्वाचन आयोगका अनुसार यही कात्तिक ३० गतेभित्र दल दतौ प्रमाणपत्र लिइसक्नुपर्नेछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई भन्छन्, ‘ कात्तिक ३० गते भनेको निवेदन दिने मिति होइन । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने मिति हो ।’
ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अधिकारीहरू बताउँछन् ।