मुख्य समाचार
मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताए
मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताए

। सामाजिक सञ्जाल सञ्चालक मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताएका छन्।

उनीहरूले यो कानुन डिसेम्बर १० देखि लागू भएपछि खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार, संसदमा मेटा, टिकटक सञ्चालक कम्पनी बाइटडान्स र स्न्यापच्याट सञ्चालक कम्पनी स्न्यापले प्रतिबन्धले युवाहरूलाई सुरक्षा दिन नसक्ने धारणा राखे । तर पनि, आफूहरू यहाँको कानुन मानेर तदनुरूप काम गर्न तयार रहेको उनीहरूले बताएका छन् ।

ती कम्पनीहरूले कानुन लागू हुनुअघि एक मिलियनभन्दा बढी उमेर नपुगेका एकाउन्ट होल्डरहरूलाई परिवर्तनका लागि तयार गर्न छिट्टै सम्पर्क गर्ने बताएका छन्।

विश्वभरका विधायकहरूले युवाहरूको मानसिक स्वास्थ्यबारे बढ्दो चिन्ताका कारण यो कानुनलाई नियालिरहेका छन्।

अस्ट्रेलियाको कानुनअनुसार, प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई रोक्न ‘उचित कदम’ चाल्नुपर्ने भनेको छ । अन्यथा, उनीहरूलाई ४९.५ मिलियन अस्ट्रेलियन डलरसम्मको जरिवाना लाग्न सक्छ।

यी प्लेटफर्महरूले यसअघि प्रतिबन्धले युवाहरूलाई सामाजिक सम्पर्कबाट वञ्चित गर्ने र अलगावमा राख्ने तर्क गरेका थिए।

उनीहरूले कानुन कार्यान्वयन अनावश्यक रूपमा जटिल हुने पनि बताएका थिए। स्न्याप र युट्युबले आफूहरू सामाजिक सञ्जाल कम्पनी नभएको समेत तर्क गरेका थिए।

स्न्यापका ग्लोबल पोलिसी तथा प्लेटफर्म अपरेसन्सका वरिष्ठ उपाध्यक्ष जेनिफर स्टाउटले भिडियो लिङ्कमार्फत भनिन्, ‘हामी सहमत छैनौँ, तर हामी यो कानुनलाई स्वीकार गर्छौं र यसको पालना गर्नेछौँ।’

टिकटकको अस्ट्रेलियाका लागि सार्वजनिक नीति प्रमुख एला वुड्स-जोइसले पनि चिनियाँ स्वामित्वको प्लेटफर्म प्रतिबन्धको विपक्षमा रहेको दोहोर्‍याइन् तर उनले अगाडि थपिन्, ‘टिकटकले कानुनको पालना गर्नेछ र आफ्नो दायित्व पूरा गर्नेछ ।’

मेटाका अस्ट्रेलिया र न्युजिल्यान्डका नीति निर्देशक मिया गार्लिकले कम्पनीले छिट्टै १६ वर्षभन्दा मुनिका भनी पुष्टि भएका लगभग ४५०,००० खाताधनीहरूसँग इन्स्टाग्राम र फेसबुकमा सम्पर्क गर्ने बताइन्। उनीहरूलाई तस्बिरहरू र अन्य डेटा मेटाउने वा १६ वर्ष नपुग्दासम्म भण्डारण गर्ने विकल्प दिइनेछ।

अस्ट्रेलियामा १६ वर्ष मुनिका २ लाख बालबालिकाले टिकटक एकाउन्ट बनाएका छन् भने स्न्यापका ४ लाख ४० हजार खाताहरू छन् । उनीहरू दुवैले मेटाको जस्तै कदम चाल्ने बताएका छन्।

कम्पनीहरूले १६ वर्षभन्दा माथिको दाबी गर्ने खाताधनी वास्तवमै नाबालिग हो कि होइन भनेर पत्ता लगाउन स्वचालित व्यवहार ट्र्याकिङ सफ्टवेयर प्रयोग गर्ने पनि थपेका छन्।

वुड्स-जोइसले भनिन्, ‘जहाँ हामी कसैलाई २५ वर्षको छु भन्दै गरेको तर व्यवहारले १६ वर्षभन्दा मुनिको हो भनी सङ्केत गर्छ भने, डिसेम्बर १० देखि हामी ती खाताहरूलाई निष्क्रिय गर्नेछौँ।’

गलत तरिकाले १६ वर्षभन्दा मुनिको ठहर भएका प्रयोगकर्ताहरूका लागि, मेटा र टिकटकले उनीहरूलाई तेस्रो-पक्ष उमेर अनुमान उपकरणमा पठाउने बताए। स्न्यापले भने गलत तरिकाले ब्लक भएको विश्वास गर्ने प्रयोगकर्ताहरूका लागि समाधानमा काम गरिरहेको बताएको छ। रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...