मुख्य समाचार
मन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण
मन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण

। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण लिएका छन् ।

छठ पर्वका लागि धनुषा गएका मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई टेलिफोन सम्पर्क गरेर भारत यात्राका क्रममा नेपाली महिला फुटबल टोलीको उचित व्यवस्थापन नभएको गुनासो आएको भन्दै स्पष्टीकरण लिएका हुन् ।

मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई सोधेका छन्, ‘के हो हाम्रो राष्ट्रिय महिला फुटबल खेलाडीको कुरा ?’, जवाफमा राईले नेपाली महिला टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको र यसअघि इरानसँग हारेको व्यहोरा बताउँदै २९ अक्टोबरमा सिक्किमसँग खेलेर स्वदेश फर्किने जानकारी गराउँछन् ।

त्यसपछि मन्त्री गुप्ताले भारत यात्राका क्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यलाई खाने, सुत्ने जस्ता आधारभूत व्यवस्थापन समेत राम्रो नभएको गुनासो आएकोबारे जिज्ञासा राख्छन् ।

जवाफमा एन्फा महासचिव राईले मैत्रीपूर्ण खेलका लागि जाँदा भारतीय फुटबल संघले नै खेलाडीको व्यवस्थापनको जिम्मा लिने गरेको बताउँछन् ।

तर, मन्त्री गुप्ता यो जवाफबाट सन्तुष्ट हुँदैनन् र सोध्छन्– ‘तपाईंले के ट्राभललाई जिम्मा दिनु भएको हो ?’ राईले ट्राभललाई जिम्मा नदिएको बताउँदै ईन्डिएन एफए (भारतीय फुटबल संघ)कै जिम्मेवारी भएको बताउँछन् ।

महासचिव राईले यसअघि सिलोङमा सो समस्या भएको बताउँदै अहिले नेपाली टोली सिक्किमतिर जाने बताउँछन् ।

मन्त्री गुप्ता भने भारत यात्रामा गएका खेलाडीको व्यवस्थापनमा पूर्व तयारी नभएको भन्दै एन्फा महासचिव राईसँग यसबारे भेटेरै थप छलफल गर्नुपर्ने भन्छन् । भारतीय फुटबल संघकै जिम्मामा छोड्दा पनि व्यवस्थापनको कार्यविधिबारे एन्फा जानकार हुनुपर्ने मन्त्री गुप्ताको भनाइ छ ।

मन्त्री गुप्ताले सोधेका छन् :

हाम्रो खेलाडीलाई कतै पठाउँदा खेरी त्यसको डिटेल्स स्टडी त हामीसँग राख्नुपर्यो नि । कति घण्टाको इन्टरभलमा ब्रेकफार्स्ट कहाँ गराउँछ, लञ्च कहाँ गराउँछ ? त्यो कार्यविधि हामी नलिइकनै कसरी राष्ट्रिय प्लेयरहरूलाई छोडिराछौं ? त्यो त गर्नु भएन नि । यो विषयमा एकचोटी डिटेल नै बस्नुपर्यो । हाम्रो राष्ट्रिय खेलाडी भइसकेपछि त हाम्रो कर्तव्य बन्छ नि, उहाँहरूको खाना कहाँ हुन्छ, बस्ने कहाँ हुन्छ, ए टू जेड टाइमिङ मिलेपछि, सबै कुरा ल ठीक छ है भनेपछि मात्र पठाउने हो क्या । तर, यो चैं तपाईंलाई त यो कुरा जानकारी नै छैन भन्नुहुन्छ, उतादेखि लिएकै छैन भन्नुहुन्छ, त्यो तपाईंले त जे गर्नुपर्ने कुरा हो त्यो त गर्नु भएन । यस्तै मिस्टेकले त्यहाँ प्लेयरले पनि यो विषयमा अभिव्यक्ति दिइरहेका छन् ।

विगतमा खेलाडीलाई विभिन्न देश पठाउँदा व्यवस्थापनबारे टाइम सेड्युल लिने गरेको वा नगरेकोबारे मन्त्री गुप्ताले जिज्ञासा राखेका थिए । तर, एन्फा महासचिव राईले भने उनीहरू (खेल हुने सम्बन्धित देश)ले नै खेलाडीको व्यवस्थापन गर्ने गरेको जवाफ दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम